
१३ चैत २०७५, काठमाडौं
अमेरिकाकी चर्चित गायिका एवं नायिका माइली साइरसले हालै आफ्नो एक नग्न तस्विर इन्स्टाग्राममा सेयर गरेकी छिन् । जुन अहिले संसारभर निकै नै भाईरल भईरहेको छ ।

तस्बिरमा माइली एउटा मरुभूमीको बीचतिर लन्ज चेयरमा नग्न सुतिरहेकी देखिएकी छिन् । उनले उक्त तस्विर आफ्नो कुकुर मेरी जेनसँग खिचाएकी हुन् भने उनले घुँडासम्म आउने बुट्स र पहेँलो रङको बकेट ह्याटबाहेक केही पनि लगाएकी छैनन् र फोटोमा ‘ह्पाप्पी नेशनल पपी डे फोहोरी जनावर ।’ क्याप्सन लेखेकी छिन् ।

यद्यपि माइलीको यो नग्न फोटो पहिलो भने होइन । उनले यसअघि पनि थुप्रै त्यस्ता तस्बिर पोष्ट गरिसकेकी छिन् जसले संसारभर सनसनी मच्चाएको थियो ।





