३ वर्षपछि पुर्वप्रेमी आमेशको यादमा अभिनेत्री नीता ढुङ्गाना



१३ चैत २०७५, काठमाडौं

कुनै समय कलिउड नगरीमा चर्चाको शिखरमा रहेका प्रेमजोडी नायिका नीता ढुङ्गाना र नायक आमेश भण्डारीको ब्रेक भएको करिब ३ वर्ष बितिसक्यो ।

आमेश र नीताले फिल्म ‘फूलै फुलको मौसम तिमीलाई’ मा एकसाथ अभिनय गरेका थिए । फिल्म रिलिजको संघारमा यो जोडीले आफ्नो प्रेम सार्वजनिक गरेका थिए । फिल्म सफल भएन र उनीहरुको प्रेम सम्बन्ध पनि असफल सावित भयो । तर एक अर्काले समझदारीमै प्रेम सम्बन्धलाई टुंगाएको नीता आमेशले बताउँदै आएका छन् ।

प्रेममा रहँदा होस् वा ब्रेकअपपछि मिडियामा खुलेरै आफ्नो धारणा राख्ने यो जोडीको अहिले टिकटकमा डोएट हेर्न पाइन्छ । ब्रेकअपको ३ वर्ष पछि नीताले आमेशलाई सम्झिएकी छिन् । उनले आमेशले ‘काफ्ल खान्या’ बोलको गीतमा बनाएको टिकटकमा डोएट गरेकी हुन् । यो हेर्दा नीतालाई आमेशको याद आएको देखिन्छ ?

प्रतिक्रिया दिनुहोस्