फिल्मफेयरमा सर्वोकृष्ट अभिनेत्रीको अवार्ड नपाएपछि दिपिकाले मागिन माफी



१३ चैत २०७५, काठमाडौं

भर्खरै सम्पन्न फिल्मफेयर अवार्डमा दीपिकालाई सर्वाेत्कृष्ट अभिनेत्रीको अवार्ड नदिएपछि उनका फ्यानहरुले सामाजिक सञ्जालमा विरोध जनाइरहेका बेला दीपिकाले आफ्ना समर्थकहरुसँग माफी मागेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पछिल्लो समय रिलिज भएको फिल्म ‘पद्मावत’ बाट आफूलाई सर्वोकृष्ट अभिनेत्रीको अवार्ड नमिलेको प्रति दुःख व्यक्त गर्दै माफि मागेकी हुन् ।

दीपिकाले आफ्ना फ्यानहरुलाई सम्बोधन गर्दै अब आउने नयाँ फिल्ममा धेरै मिहिनेत गर्ने र सबै फ्यानहरुलाई खुशी बनाउने बाचा समेत गरेकी छिन् ।

भर्खरै सम्पन्न फिल्मफेयर अवार्डमा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टलाई दिएपछि दीपिका पादुकोणले आफ्ना फ्यानसँग माफि मागेकी हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्