पर्सा राष्टिय निकुञ्जमा पर्यटककाे चहलपहल सुरु, जाने होईन त घुम्न ?



११ चैत २०७५, पर्सा/टंक रेग्मी

पर्सा राष्टिय निकुञ्जमा पर्यटकीय सिजन सुरू भएसँगै पर्सा जिल्लाको प्रमूख पर्यटकीय क्षेत्र पर्सा राष्टिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल सुरु भएको छ ।

काठमाडौंबाट नजिकको दूरीमा रहेको पर्सा राष्टिय निकुञ्जमा जंगल सफारी तथा वन्य जन्तुहरूको अवलोकन गर्न आउनेको संख्यामा वृद्भि भएको पर्यटन अभियन्ता एवंम होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।

अध्यक्ष लामिछानेले प्रदेश नम्बर दुइको संगम स्थल पर्सा राष्टिय निकुञ्ज, महागढिमाई मन्दिर, ऐतिहासिक सिम्रौनगढ क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकको आवागमन बढनुको साथै सो क्षेत्रमा रहेको पर्या पर्यटन, धार्मिक पर्यटन, औद्योगिक पर्यटनले घुम्न आउने पर्यटकलाइ मनोरञ्जन प्रदान गरेको बताए ।

प्रदेश र स्थानीय सरकारले प्रदेश नम्बर दुईमा समृद्धि हासील गर्न रोजगार सृजना गर्न र आयकर वृद्धि गर्न पर्यटकीय गन्तब्यहरुमा भौतिक पुर्वाधार निर्माण शुरु गरि उचित प्रचारप्रसार गर्नुपर्दछ । नेपालका विभिन्न शहरहरु तथा भारतका सिमावर्ती शहरहरुमा गएर अन्तरक्रिया गरी आफ्नो क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूको ब्रोसर, डकुमेन्ट्री निमार्ण गरी प्रचारप्रसार गरे यस क्षेत्रको पर्यटनले गति लिने अध्यक्ष लामिछानेले बताए ।

स्थानीय तथा प्रदेश सरकारले पर्यटन क्षेत्रलाइ चासो नदिए पछि पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न बाराका पर्यटन अभियन्ता मोहन शर्मा सहितको टोली यति बेला दुई नम्बर प्रदेशमा पर्यटन प्रवर्द्धनबाट राम्रो आम्दानी लिन सकिनेभन्दै एकढिक्का भएर अघि बढेका छन् ।

पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आवागमन बढेसँगै पर्यटको सुविधाका लागि सुविधा सम्पन्न होटल तथा रिसोर्टहरू सञ्चालनमा आएका छन् ।

किन जाने पर्सा राष्टिय निकुञ्ज
काठमाडौँबाट पर्सा राष्टिय निकुञ्ज सबै भन्दा छोटो दुरिमा रहेको निकुञ्ज हो । यहाँ अध्ययन तथा अवलोकन गर्न जानेको लागि उपयुक्त छ । पर्या पर्यटन, धार्मिक पर्यटन, औद्योगिक पर्यटन क्षेत्रमा अध्ययन गर्न आउने लाइ टेवा पुग्छ । यसका अलवा रैथाने जङ्गली हात्ती, पाटे बाघ गौरी गाई तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको सहज अवलोकन तथा जंगल सफारी गर्न सकिन्छ ।

के छ निकुञ्जमा
निकुञ्जभित्र ६० देखि ६५ वटासम्म जङ्गली हात्ती छन् रहेका छन् । भने एकसिङे गैँडा, गौरी गाई , विभिन्न प्रजातिका स्तनधारी वन्यजन्तु, चराचुरुङ्गी, ३१ प्रजातिका पुतलीहरू रहेका छन् । यसका अलवा जङ्गली हात्ती, पाटे बाघ, गौरी गाई र अनेकौँ प्रजातिका चराचुरुङ्गी रहेका छन् ।

कसरी जाने पर्सा राष्टिय निकुञ्ज
यहाँ जानको लागि काठमाडौँको बल्खुबाट टाटा सुमो लाग्ने गर्दछ । पर्यटक सहजताका लागि निकुञ्ज छेउमा इलिफेन्ट भिलेज रिसोर्ट छ त्यहाँ बाट जंगल सफारिका लागि गाडि उपलब्ध हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्