३ बालिका करणीको आरोपमा पूर्व प्रहरी पक्राउ



११ चैत २०७५, इटहरी

इटहरीमा तीन जना वालिका बलात्कार गरेको आरोपमा एक पूर्व प्रहरी पक्राउ परेका छन् । पैसा तथा खानेकुराको लोभ देखाई विगत १ वर्ष देखी ११ वर्षीया वालिकालाई करणी गरेको आरोपमा नेपाल प्रहरीका पूर्व असई रहेका ५० वर्षीय देवीबहादुर लिम्बुलाई पक्राउ गरिएको हो ।

प्रहरी स्रोतका अनुसार पीडित तिनै जना वालिका ११ वर्षका हुन् । बालिका मध्ये १ बालिकालाई विगत १ वर्ष देखी विभिन्न स्थानमा लगेर करणी गरेको तथा अन्य २ वालिकाको संवेदनशील अङ्गमा हात लगाउने साथै करणीको प्रयास गरेको लिम्बूमाथि आरोप रहेको छ । इलाका प्रहरी कार्यालय इटहरीमा पीडित वालिकाका परिवारले किटानी जाहेरी दिएपछी लिम्बुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले घटनालाई संवेदनशील मानिएकाले केहीदिनमा जानकारी गराउने बताए ।

परिवारीक स्रोतका अनुसार लिम्बुले बालिकालाई बजार लिएर जाने गरेका थिए भने कहिलेकाहीँ घरमानै खानेकुरा ल्याइदिने गरेका थिए । गाउँमा कुरा चलेपछि बालिकालाई सोध्दा लिम्बुका बारेका थाहा भएको हो । पक्राउ परेका लिम्बुलाई म्याद थपको लागी सुनसरी जिल्ला अदालत लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्