सांसद श्रेष्ठद्वारा चुनदेवी मार्ग सडक ढलान कार्यको निरीक्षण



११ चैत २०७५, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत नार्गाजुन नगरपालिका वडा न.५ स्थित चुनदेवी मार्ग, छोकडोलको बाटो १३ मिटर चौडा गरी सडक ढलान निर्माण कार्यको निरिक्षण गरेका छन् ।

निरिक्षणमा नार्गाजुन नगरपालिकाका उपमेयर सुशिला अधिकारी, समाजसेवी सागर नेपाल, कृष्णमान श्रेष्ठ नार्गाजुन नगरपालिका वडा न. ५ का सदस्य शुक्र लामा, चुनदेवी जनता मार्ग उपभोक्क्ता समितीका अध्यक्ष सन्त कुमार पुतुवार,  सचिव सविन पुतुवार, स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।

सांसद श्रेष्ठले स्थानीय जनताको चाहना अनुसार विकास तथा पूर्वाधार निर्माण कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उक्त सडक ढलान भएपछि दैनिक आवतजावत गर्ने यात्रुलाई सुविधा हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्