कवयत्री तुम्खेवाको चौंथो कृति ‘हल्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ लोकार्पण !



०९ चैत्र २०७५, काठमाडौं

साहित्यकार एवं कवयत्री विमला तुम्खेवाको नयाँ कविता संग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ लोकार्पण भएको छ ।

शुक्रबार काठमाडौँको मण्डला नाटक घरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व–कुलपति एवं कवि बैरागी काईला, साहित्यकार एवं राजनीतिकर्मी आहुति, महिला अधिकारर्की सावित्री थापा र लेखक तुम्खेवाले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्व–उपकुलपति एवै कवि काईलाले पछिल्लो समय लेखक साहित्यकारहरु सामाजिक विषयमा केन्द्रित भएका कारण लेखक र पाठकबीचको दूरी घट्दै गएको बताए । उनले कवि तुम्खेवाले संग्हका कवितामा स्वदेश र परदेशका पीडाहरु, लिम्बु संस्कृतिका मिथकलाई बिम्बात्मक रुपमा उतारेर पठक समक्ष प्रस्तुत गरेको बताए ।

अर्का वक्ता साहित्यकार एवं राजनीतिज्ञ आहुतिले पछिल्लो समय तुम्खेवाले कवितामा आफ्नो वर्ग र जातिको पहिचानलाई ल्याउन सफल भएको बताए ।

 

साहित्यकार तोया गुरुङले तुम्खेवा उमेरसँगै कवितामा पनि परिपक्व बन्दै गएको बताइन् । उनले भनिन्, ‘दुई दशकपहिले भेट्दा कविता लेख्न सिक्दै गरेकी उनलाई अहिले परिपक्व कविका रुपमा पाएको छु।’

कवि तुम्खेवाले आफूले कवितामा लामो समय बिताएको र त्यही अनुभवसँगै खारिँदै गएको विचारलाई कलाका मार्फत प्रस्तुत गर्ने जमर्को गरेको बताइन् ।

‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ कवयत्री तुम्खेवाको यो चौंथो कृति हो । यसअघि उनका ‘विमला तुम्खेवाका कविताहरू’, ‘नदी, ताल र तरंग’ र ‘संस्मरण एउटा बुढो रुखको’ गरी तीन कविताकृति प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्