यस्तो बाँदर जसले बाइकबाट चोरेर पेट्रोल पिउँछ !



०७ चैत्र २०७५, काठमाडौँ

जनावरहरु पनि कस्तो अनौठो आनीबानीका हुँदा रहेछन् । यस्तै अनौठो बाँदर हालै भारतको हरियाणास्थित पानीपतको एक बजारमा हालै देखा परेको छ ।

यो पेट्रोल चोर बाँदर हो, यसले स्थानीय व्यस्त बजारको पार्किङहरुमा पार्क गरिएका मोटरसाइकलबाट पेट्रोल चोरेर पिउने गरेको छ ।
मोटरसाइकल ठड्याएको ठाउँमा गएर उसले बाइकको इन्धन पाइप दाँतले टोकेर प्वाल पार्दछ । त्यसपछि उक्त पाइपबाट बग्ने बाइकको पूरै पेट्रोल खाइदिन्छ ,।

यो बाँदरले न त कुनै पसलमा गएर सामान चोर्दछ, न त मानिसबाट खानेकुराहरु खोस्दछ । उसले मात्र मोटरसाइकलको प्रतीक्षा गर्दछ ।
यदि कसैले मोटरसाइकल ल्याएर ठड्याएको देख्ने बित्तिकै त्यहाँ पुगेर बाइकको पाइप टोक्न सुरु गरिहाल्छ ।

बाँदरको बानि छुटाउनका लागि यसलाई बाइकको पेट्रोल चोर्दाचोर्दै देखेर धेरैचोटि मानिसहरुले लखेटे पनि । तर उसले न त बानी नै छाड्यो न त आफ्नो इलाका ।

प्रतिक्रिया दिनुहोस्