
०७ चैत २०७५, इटहरी
बिहीबार मनाइने तराई होलीका लागि सुनसरीमा बुधवारबाट नै सुरक्षा व्यवस्थामा कडाई गरिने भएको छ । होलीलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाभरको सुरक्षाका लागी बुधवारबाट नै प्रहरी परिचालन गर्ने योजना बनाएको हो ।
होलीमा प्रहरीले मापसेमा गर्ने र जबरजस्ती रङ दल्नेलाई विशेष कडाइ गर्ने रणनीति बनाएको सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले बताए । होलीलाई शान्तिपूर्ण र मर्या्दित तवरले मनाउन सर्वसाधारण जिल्लावासीमा सुनसरी प्रहरीले अनुरोध समेत गरेको छ । होलीका नाममा हुने विकृति रोक्न विशेष अप्रेसन चलाइने बताएको प्रहरीले यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ ।
गाँजा, भाङ तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, मा पसे गरी सवारी चलाउने, हेल मेट लगायत आवश्यक कागजात बेगर सवारी चलाउनेदेखि शङ्कास्पद गतिविधि गर्ने र जबरजस्ती अबिर तथा रङ दल्नेलाई नियन्त्रणमा लिई नियम बमोजिम कार्यवाहक चलाउने सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जनाए । ट्राफिक सहित जनपथ प्रहरीको चेकपोइन्टका अलावा बजार तथा चोकहरूमा प्रहरीको उपस्थिति बढाइने छ । सुनसरी प्रहरीले गाउँघरमा समेत प्रहरीको उपस्थिति दर्शिने गरी मोबाइल गस्तीको प्रबन्ध मिलाइएको जनाएको छ ।





