अनौठो गाउँ जमीनभन्दा ३ हजार फिटमुनि रहेको !



०५ चैत्र २०७५, काठमाडौँ

दुनियाँमा रहेका केही भूमिगत होटल तथा रिर्सार्टहरुमा रात बिताउनका लागि मानिसहरु लाखौँ खर्च गर्न तयार हुन्छन् ।
अमेरिकामा रहेको एउटा भूमिगत गाउँकोे बारेमा धेरैलाई थाहा छैन ।

यद्यपि बर्सेनि यो गाउँमा लाखौँको संख्यामा पर्यटक आउँदछन् । अमेरिकाको प्रसिद्ध ग्राण्ड क्यानोन नजिकैको हवासू क्यानोनस्थित सुपाई नामको यो भूमिगत गाउँ जमिनभन्दा ३ हजार फिट तल रहेको छ ।

यो गाउँ हेर्नका लागि वर्षमा ५५ लाख मानिस एरिजोना आउँदछन् ।

हवासू क्यानोन नजिकै एउटा गहिरो खाडीमा उक्त गाउँ अवस्थित रहेको छ ।

सो गाउँको कूल जनसंख्या २ सय ८ जना रहेको छ ।

सो गाउँमा रेड इण्डियन जातिका लागि मानिसहरु बस्दछन् ।

यो गाउँ बाहिरी आधुनिक दुनियाँबाट अलग्गिएको छ । त्यहाँ आवागमनका साधन पनि निकै सीमित रहेको छ । गाउँमा छिर्नका लागि पैदल जानु वा खच्चडमा चढेर जानु दूईमात्र विकल्प छन् ।

त्यो गाउँमा अहिलेसम्म चिठीपत्र तथा मालावासमानको ढूवानी र आदानप्रदान राखेर हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्