
०५ चैत्र २०७५, काठमाडौँ
धेरै जसो आफ्नो घरमा कुुकुर पाल्न रुचाउँछन् । कहिलेकाहीँ मानिसको कुकुरप्रतिको लगाव यस्तो हदसम्म पुग्दो रहेछ कि कुकुरका हरेक चिज प्रिय लाग्दछन् ।
अमेरिकामा बस्ने एकजना युवतीले आफ्नो घरमा पालेको कुकुरको पिसाब पिउने गर्दछिन् । आखिर कुकुरको पिसाब उनले पिउनुको कारण के हो ?
पिसाब पिउने युवतीको नाम लीन ल्यु हो ।
कुकुरको पिसाब पिउनाले अनुहारमा दागधब्बा नआउने डण्डीफोर नआउने तथा क्यान्सरको उपचार पनि सहयोग पुग्ने उनको दाबी छ ।
समाचार अनुसार उनले एकपटकमा एक गिलास कुकुरको पिसाब पिउन सकिन्छन् ।
रोचक कुरा त के भने आफ्नो घरको कुकुरले गरेको पिसाब कम हँुदा उनले छिमेकीको कुकुरको पिसाब संकलन गरेर समेत पिउँछिन् ।
मानिसहरुले आफ्नो अनुहारको चमकका बारेमा सोध्ने गरेको भन्दै उनले यसको रहस्य दिनहुँ पिउने कुकुरको पिसाब भएको बताउँछिन् ।
सुरुमा त उनलाई कुकुरको पिसाब पिउँदा निकै असजिलो भएको थियो । तर विस्तारै त्यो उनको बानी बन्यो । पहिले अनुहारमा निकै धेरै दागधब्का तथा डण्डीफोर थिए । तर कुकुरको पिसाब पिउन थालेपछि दागधब्बा हराएका अनुहारमा निखार आएको उनको भनाई छ ।





