
०५ चैत्र २०७५, काठमाडौँ
कुखुराको मासु कत्तिको खानुहुन्छ ? कतिपयले त कुखुराको मासुमा विभिन्न परिकार नियमित रुपमा खाने गर्दछन् । छाक नबिराइकन कति दिनसम्म कुखुराको मासु खनुभएको छ ?
यो दुनियामा एकजना यस्ता मान्छे छन् जसले ४ सय ५० दिनसम्म हरेक दिन कुखुराको मासु खाइरहेको छ ।
सन् को सेप्टेम्बरमा कुखुराको मासु र भात खाएर उनले यो यात्रा सरु गरेका थिए । त्यसपछि उनले हरेक दिन आफ्ना खानाको तस्वीर सोसल साइटमा हाल्ने गरेका छन् । जसबाट थाहा हुन्छ कि उनले पछिल्लो ४५० दिनदेखि नियमित रुपमा कुखुरा खाइरहेका छन् ।
चीनका कुरा पेन्ग नामका यी व्यक्तिले इन्स्टाग्राममा राख्ने चिकेन परिकारका तस्वीर निकै चर्चित बन्ने गरेका छन् । उनका फलोअर्सको संख्या पनि धेरै छन् । उनी आफुलाई जी फान भन्ने गर्दछन् । जसको अर्थ चिकेन राइसको फ्यान भन्ने हुन्छ ।
ती व्यक्तिले अहिलेसम्म २ लाख भन्दा धेरै मूल्यको चिकेन खाइसकेको बताएका छन् । कुखुराको मासु खान थालेका एक वर्ष पुगेको अवसरमा उनले यसअघि चिकेन बर्थडे पनि मनाएका थिए ।





