सुन्दै अचम्म १५ करोड रुपैयाँमा लिलाम भयो एउटा परेवा !



०५ चैत्र २०७५, काठमाडौँ

हाम्रो गाउँघरमा एक जोडी परेवालाई कति रुपैयाँ पर्ला ? सामान्यतया ५ सयदेखि १ हजार रुपैयाँ । तर, बेल्जियममा एउटै परेवाको मूल्य साढे १५ करोड रुपैयाँभन्दा बढी परेको छ ।

बीबीसीको समाचार अनुसार अर्मान्डो नामक एउटा परेवा १.२५ मिलियन यूरो नेरु १५ करोड, ५६ लाख ३० हजार ५६२ मा लिलामी भएको छ ।
तर यो परेवा साधारण परेवा भन्ने होइन । यसले उडान प्रतियोगितामा सबैभन्दा उत्कृष्ट परेवाको रुपमा पाएको छ । त्यसैले यसलाई ‘परेवाहरुको लुइस हेमिल्टन’ पनि भनिन्छ ।

यसअघि एउटा परेवा १५ करोड ५३ लाख ६० हजार रुपैयाँ लिलामी भएको रेकर्ड थियो । तर, त्यो रेकर्ड अर्मान्डो परेवाले तोडिदियो ।

लिलामी हाउस पीपाका सीईओ निकोलास गाएसेलब्रेख्त भन्छन्, अर्मान्डो परेवा यति धेरै पैसामा बिक्ला भन्ने लागेकै थिएन । उनले भने, ‘हामीहरुले यसको मूल्य यति धेरै होला भन्ने सपनामा पनि सोचेका थिएनौं । हामीलाई आशा थियो कि यो चारदेखि पाँच लाख यूरोमा बिक्ला । एकदमै धेरै भए ६ लाख यूरोसम्म सोचेका थियौं ।’

गाएसेलब्रेख्तका अनुसार चीनका दुई व्यापारीले लिलाम बढाबढमा आफ्नो बोली लगाए । एक घण्टामै ५.३२ लाख यूरोदेखि १.२५ मिलियन यूरोसम्म पुग्यो ।

धेरै रेस जितिसकेको छ अर्मान्डोले

सबै कुरालाई ध्यानमा राखेर उडान प्रतियोगितामा सहभागी हुने परेवाहरुको मूल्य २५ सय युरो हुन्छ । तर अर्मान्डो अरु परेवाहरु जस्तो सामान्य होइन ।

आफ्नो करियरको अन्तिम तीन दौड यसले जितेको छ । २०१८ को ऐस पिजन च्याम्पिनशिप, २०१९ को पिजन ओलम्पियाड र अंगुलेममा अर्मान्डो पहिलो भएको छ ।

बेल्जियमको परवेज शहरको स्थानीय पिजन फेसिङ एसोसिएशनका अध्यक्ष फ्रेड वेंकेलीले भनेका छन् ‘यो परेवा लुईस हेमिल्टन हो र यो खेल इतिहासको सबैभन्दा उत्कृष्ट छ ।’

अर्मान्डो पाँच वर्षको भयो, हाल यसले अवकासको जीवन बिताइरहेको छ । तर उसको नयाँ मालिकले त्यसबाट प्रजनन गराएर उसको वंश उत्पादन गर्ने सोच रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्