नेपालको होची महिला जहाँ ज्याकेटको गोजीमा हुर्किएर, ७ परिवारलाई पाल्दै आईरहेकी छिन्..(भिडियो सहित)



०५ चैत २०७५, दाङ

यो संसार पनि बिचित्रको हुन्छ, जहाँ सोच्दै नसोचेको अनेकै किमिमका घट्नाहरु भईरहन्छ । दाङ स्थित घर भएकी ईस्वरीमाया अहिले उनी २६ बर्षका भएका छन् उनको उचाई जम्मा ३० इन्च मात्र रहेको छ । ईस्वरीमाया जन्मदा जम्मा २०० ग्रामका जन्मेका थिए । उनी अहिले ७.५ के.जी छिन् ।

ईस्वरीमायाको जन्मदाको स्थिति देखेर सबै अचम्म हुन्थे र उनको परिवारमा पनि ईस्वरीमाया बाच्लान भन्ने कुनै आसा र भरोसा थिएना, ज्याकेटको गोजीमा राखेर मेलापात गर्ने गर्थे उनको बुबा, तर अहिले सम्म त दैवको लिलाले साथ र सहयोग पाएर उनकै भरमा परिवारको घर खर्च चलिराको छ ।

ईस्वरीमायाको जम्मा ७ जनाको परिवार छन् । उनी मेला महत्सवमा गएर नाच्ने गाउने गर्ने गर्छन, यसै बाट कमाएको रकमले उनको परिवारको घर खर्च चल्छ भनेर उनको बुबा बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्