यस्तो युवती जसले दिनहुँ मसानघाटको चक्कर लगाउँछिन्, कारण यस्तो छ !



४ चैत २०७५, काठमाडौँ

मसानघाटका कुरा गर्नेबित्तिकै धेरैको मन डरले काँप्छ । धेरै मानिस मसानघाटको नजिक जान पनि डराउँछन् । तर यो दुनियाँमा एक यस्ती युवती छिन्, जसले मसानघाटलाई नै आफ्नो पेसा बनाएकी छिन् ।

भारतको हैदरावादकी श्रुती रेड्डी नामकी युवती दिनहुँ मसानघाटमा पुग्छिन् । मसानघाट धाउनु उनको रुची मात्र होइन, व्यवसाय नै हो । यसअघि श्रुती सफ्टवेयर डेभलपरको काम गर्थिन् । तर अहिले भने दिनहुँ आर्यघाट धाउनु नै उनको नित्यकर्म बनेको छ ।

वास्तवमा उनले आर्यघाटमा मृतकको अन्त्येष्टि गर्ने सेवा सुरु गरेकी छिन् । उनले यो पेशा सुरु गर्दा उनलाई साथ दिने कोही थिएन । घर परिवार त उनको त्यो निर्णय सुन्दैमा आत्तिए । उनकी आमा त रिसाएर कति महिनासँग उनीसँग बोलिनन् पनि, तर श्रुती भने केही अलग गर्न चाहन्थिन् । र सोहीँ सोँचका साथ एक कम्पनी खोलिन् ।

आफ्ना हजुरबाको मृत्यु हुँदा अन्तिम संस्कारका लागि सामाग्री जुटाउन हम्मे हम्मे परेको र अस्तव्यस्त बनेको घटनापछि उनलाई यस्तो सोच आको हो ।

श्रुतीले यस्तो कम्पनी खोलेकी छिन् जसले मृत्यु संस्कार सँग सम्बन्धित सुविधाहरु उपलब्ध गराउँछ । बजारमा बिहे लगायतका शुभकार्यको इभेन्ट म्यानेजमेन्ट गर्ने विभिन्न खाले कम्पनी खुलेका भएपनि मृत्यु संस्कार व्यवस्थापनको क्षेत्रमा भने सायद श्रुतीको आइडिया नै पहिलो हुनसक्छ ।

जब कसैको घरमा मृत्यृ भएको भनी उनलाई अन्त्येष्टि व्यवस्थापनका लागि फोन मार्फत जानकारी आउँदा उनी सहित कम्पनीको टोली तत्कालै सबै आवश्यक सामाग्रीहरु सहित मृतकको घर पुग्दछ ।

कम्पनीको सेवाबाट दुखको घडीमा मृतकका परिवारले ठूलो राहत पाउँछन् । वास्तवमा दिनहँु मसानघाट धाउने व्यवसायबाट उनको कम्पनीले धन त कमाएकै होला तर त्यसभन्दा बढी दुखी आत्माहरुको आशिक ।

प्रतिक्रिया दिनुहोस्