
०४ चैत २०७५, काठमाडौं/अनिस न्यौपाने
वि.स २०७२ सालमा गएको महाभुकम्पले नुवाकोटको ‘बेलकोटगढी नगरपालिका’ वडा नं २ मा समानता ल्याएको छ ।
सरकारी मापदण्डअनुसार घर बनाउनु पर्ने भएकोले सबै घरहरुमा समानता देखिएको हो । झट्ट हेर्दा बेलकोटगढी नगरपालिकामा वर्ग विभेद देखिदैन भूकम्प पछि सबै बस्ती सडक निर्माण भइरहेका छन् । भूकम्प पश्चात् सडकमा तीब्र विकास भएसगैं घरघरमा यातायातको पहुँच पुगेको देखिन्छ । साबिकको कुमारी गाविस अहिले शहर बजार भन्दा कम छैन । भूकम्मपका कारण गाउँमा बसोबास नगर्नै मानिसहरूले समेत गाउँमा धमाधम घर बनाइरहेका छन् । उक्त नगरपालिकामा पाँच सय भन्दा बढी घरधुरी रहेको वडाले जानकारी दिएको छ ।
कार्ल कार्ल मार्क्सले ‘विनाशले विकास निम्त्याउछ’ भनेझैं सबै घर एकैनाशका देखिएका छन् ।
चितमारे प्राविको प्रध्यापक बिमला न्यौपाने भन्छिन्, गाउँ छोडेर विभिन्न सहरमा बसाइँ गएका मानिसहरु गाउँ फर्कदा सकारात्मक विकासले तिव्र रूप लिईरहेको छ । स्थानीयहरुले आफ्नो गाउँ आफैं बनाउ भन्ने मूलमन्त्र अपनाएको छन्, उनले भनिन् । गाउँमा आर्थिक विकासले तिव्र रुएप लिएसँगै गाउँमा कृषिमा धेरै परिवर्तन आयसंगै र निर्वाहमूखी कृषि प्रणाली व्यवसायी बन्दै गईरहेको छ ।
अब गाउँमा ढुङ्गा माटोको घर बन्न छाडिसकेका छन् । गाउँ कङ्क्रिटमय बन्दै गएको छ । तिव्र भौतिक पुर्वधार विकासले गाउँको मैलिकतामा ह्रास आएको छ । यस सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।





