मोबाइललाई ढाल बनाएर यसरी बचाए एक युवाले आफ्नो ज्यान !



४ चैत २०७५, काठमाडौँ

कहिलेकाहीँ जीवनमा सोच्दै नसोचेको चिज पनि ठूलो काममा आउँदा रहेछ । युद्धमा कसैले प्रहार गरेको हतियार रोक्नका लागि मोबाइललाई ढालको रुपमा प्रयोग गर्न सकिने कसैले कल्पना गर्न सक्दैनन्  ।

मोबाइलको प्रयोग त आक्रमणकारीको बारेमा पुलिसलाई सूचना दिन वा गुहार माग्नका लागि हुनुपर्ने होे । तर अष्ट्रेलियामा भने एक पुरुषले आफ्ना मोबाइललाई दुश्मनको हतियार रोक्न ढालको रुपमा सदुपयोग गरेका छन् ।

आफ्नो घरबाहिर एकजना मानिसले हानेको वाणबाट उनको मोबाइलले उनलाई जोगायो । आक्रमणकारीले हानेको वाण संयोगवास उनको मोबाइ फोनमा ठोक्कियो ।

वाणले मोबाइल फोनलाई छेड्यो र त्यहीँ अड्कियो, जसका कारण वाण उनको अनुहारमा पर्न पाएन । अष्ट्रेलियाको ब्रिसबेन भन्दा ९३ माइल दक्षिणमा पर्ने निम्बिन सहरमा यो घटना भएको हो ।

४३ वर्षका ती मानिस बुधबार आफ्नो घरमा आउन लागेकोे पाहुनालाई फर्काएर घरबाहिर उभिरहेका थिए । त्यसक्रममा उनले सडकमै वाण बोकेर हिडिरहेको बेला आफ्नो मोबाइल फोन बाट एक जना मानिसको फोटो खिच्न थाले । सायद त्यसरी फोटोखिच्दा त्यो वाणधारी रिसायो, र उसले फोटो खिच्ने मानिसतर्फ ताकेर वाण हान्यो ।

उसले हानेको वाण फोटो खिचिरहेको मोबाइलमा गएर ठोक्कियो । जोडसंग आएको वाणले मोबाइलाई वारपार पारिदियो ।

मोबाइल फोन उनको चिउँडोमा गएर ठोक्कियो जसका कारण वाणको चुच्चाले उनको चिउँडोमा सामान्य घाउसमेत बनायो ।
मोबाइललाई शहीद बनाउने गरी वाण प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीइले पक्राउ गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्