महिलाहरुको जुत्ता हराउनुको रहस्य यस्तो रहेछ : जसले लिन्छन् महिलाका जुत्ता सुँघेर यौन आनन्द..



०४ चैत २०७५, काठमाडौं

जापानमा एक जना मानिस महिलाहरुको जुत्ता चप्पल चोरको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका माकोटो इन्डो नाम गरेका ती व्यक्तिले प्रहरी अनुसन्धानमा महिलाहरुको जुत्ता चप्पल चोर्नुको कारणबारे अनौठो कुरा बताएका छन् ।

उनले महिलाले लगाएर फोहोर भएका जुत्ता चप्पललाई सुँघेरे आफुले यौन आनन्द प्राप्त गर्ने बानी भएको प्रहरीसमक्ष बताए । उनका अनुसार सन् २०१७ र २०१८ को बीचमा झण्डै ३ लाख रुपैयाँ मूल्य बराबरका ७० जोर बढी जुत्ता चोरेको बताए । त्यसका साथै उनले पुरुषहरुको जुत्ता चप्पलले समेत यौन आनन्द आउने प्रहरी सोधबुझमा बताएका छन् ।

त्यसपछि प्रहरीले उनको निवासबाट ठूलो संख्यामा चोरीका पुराना जुत्ता चप्पल बरामद गरेको थियो । उनीमाथि प्रहरीले चोरीको आरोपमा मुद्दा दर्ता गरेको छ । यही कारण प्रहरीले पुरानो जुत्ता चप्पल सुँघेर यौन आनन्द प्राप्त गर्ने अनौठो बानी भएका उनी विश्वमै पहिलो व्यक्ति भएको बताएको छ । जसको बानी सुनेर अन्य मानिसहरु पनि छक्क परेका छन् ।

प्रतिक्रिया दिनुहोस्