श्रीमतीको करले प्रचण्ड अमेरिकातिर (भिडियो सहित)



०३ चैत २०७५, काठमाडौं

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) धर्मपत्नी सीता दाहालको उपचारार्थ अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिका प्रस्थान गर्नुअघि पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा आयोजित पत्रकार सम्मेलनको भिडियो :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले भने, ‘यो नितान्त व्यक्तिगत र श्रीमतीको उपचारका लागि गर्न लागिएको भ्रमण हो । श्रीमतीले अमेरिका गएर उपचार गर्न पाए निको हुन्थ्यो कि भन्ने ईच्छाएको र पार्टीका कमरेडहरुले समेत उपचारका लागि अमेरिका जान सुझाएकोले त्यसतर्फ लागेको हुँ । अमेरिकास्थित नेपाली राजदुतावास र परराष्ट्र मन्त्रालयले अमेरिकन प्रतिनिधिसँग समेत भेटघाटको व्यवस्था भएको सुनेकोले केही कुटनीतिक भेटघाट समेत हुने सम्भावना चाँही छ ।’

अध्यक्ष दाहालका अनुसार सम्भव भए १० दिनभित्र उपचार सकेर श्रीमती सहित नेपाल फर्कने र उपचारमा समय लाग्ने भएमा श्रीमतीलाई छाडेर आफू फर्कने बताए ।

पूर्व प्रधानमन्त्री दाहाललाई विदाई गर्न पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, हरिबोल गजुरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई लगायत नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्