
३ चैत २०७५, काठमाडौं
गजल
फुत्त फुत्त आकासबाट झर्छे त म के गरौ ?
झुम्मिएर पुतली झै मर्छे त म के गरौ ?
तिमी मेरो दिलको राजा दिल भित्रै बस भन्दै
अनगिन्ती आसाको बिज छर्छे त म के गरौ ?
मेरो नजिक नआउ तिमी टाढै बस भन्छु तर
सधै भरी मेरै छेउछाउ पर्छे त म के गरौ ?
सम्झाउछु बुझाउछु जवानीलाई रोक भन्दै
जबर्जस्ती मेरै नजिक सर्छे त म के गरौ ?
-एटम बिद्रोही





