गोली प्रहार भएको महिला पोस्टमार्टम गर्न लैजादा नसोचेको घट्ना ( भिडियो सहित)



०३ चैत २०७५, काठमाडौं

कोलम्बीयाको केली शहरमा ३३ वर्षिय केरमन एन्ड्रा केंडेज नाम गरेकी युवतीको सडकमा गोली हानिएको थियो । सडकमा महिलामाथि गोली प्रहार भएपछि स्थानीयले घटनाको बारेमा प्रहरीलाई खबर गरे ।

जब प्रहरी घटना स्थल आइपुग्यो त्यसपछि प्रहरीले घटनाको बारेमा केही प्रमाणहरु जुटाउने प्रयासमा लागे । सबै प्रमाण जुटाउने काम भइसकेपछि प्रहरीले शवलाई लिएर पोस्टमार्टमको लागि अस्पताल लैजाने तयारी भइरहेको थियो । यहि क्रममा महिलाको एउटा हात चल्यो । त्यसपछि थाहा भयो की उनी जिवितै छिन् । घटनालाई लिएर कयौँ मानिसहरु चासोको साथ क्यामेरामा रेकर्ड गरिरहेका थिए ।

गोली लागि अचेत अवस्थामा रहेकी महिलालाई अस्पतालमा लगेर उपचार गराउँदा डाक्टरले उनको अवस्था स्थिर रहेको बताए । मृत्यु भयो भनेर पोस्टमार्टम गर्न तयार भएकी महिला अहिले खतरामुक्त भएकी छन् । घटनाको बारेमा पिडित महिलासँग सोधपुछसँगै अनुसनधान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्