
०३ चैत्र २०७५, काठमाडौं
ठुली
उ……
त्यो टा…….ढाको तारापुञ्ज
अनि गाउँघरको ठुलीसँग
धुवाँको सन्सारमा रम्ने
मन भएको छ ।
मनका कुराहरु उसैसामु
यसरी उडाउँन मन भएको छ ।
जस्तै :
चुरोटको धुवाँ जस्तै
आ…..
होस् यी मनका बक्मफुसे कुरा
कुराहरु येस्तै हो ।
ठुली….
सम्झनाको सागरमा मात्रै
तैरनु मन भएको छ ।
सपनामै रमुझै भएको छ ।
तर….
खै आज कताबाट एक्कासि आयौ र
पु …… रा मनै बेचैन भएको छ ।
खै आज कताबाट कसरी आयौ तिमी
यी सम्झनाका कठघरामा
पुरा…….ना यादहरुका
तारापुञ्जहरु बोकि !
र त
मनहरु …….
तिमीमै लिप्त हुन
कर गरिरहेकोछ !
आईन्दा
ठुली,
यसरी एक्कासि नआउनु तिमी
हो एक्कासि
तिमी यसरी नआउनु
आए नि
यी याद सहित,
कहिलै नआउनु
किनकी
मलाई,
यी यादहरु
धार झै लग्न थलेका छन् ।
किनकी
मलाई थाहा छ ।
यी यादहरु
कहिल्यै खाली हात आउदैन्न् ।
बिनाकारण आउदैनन ।
यिनिहरु आउँछन् त
आउँछन् त यिनहिरु
कि आसुका भेल भोकेर
कि त पिँडाका ठेली भिरेर
अनि आँखा भरी बाढी,
मनभरी खडेरीरुपी
सम्झनाका चिरा पारेर जान्छन् ।
र त…..
ठुली ,
अचेल यी यादहरु बाट
टा….ढा रहने गरेको छु
तारापुञ्झहरु सँगझै
टा…….ढा
बुढा, भोजपूर
हाल काठमाडौं





