
३ चैत २०७५, काठमाडौँ
लामो समयदेखि ठेकेदार फरार रहेपछि सुस्ताको झोलुङ्गे पुल अलपत्र परेकोे छ ।
बन्दी र राव मेटिरियलको अभाव देखाउँदै आलटाल गर्दै आएको ठेकेदार अहिले सम्पर्कमा नआएपछि पुल अलपत्र परेको हो ।
जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको सुस्ताबासी पुल बन्न नसकेकाले अहिलेपनि जोखिमपूर्ण यात्रा डुंङ्गा चढेर आवत जावत गर्न बाध्य रहेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले दुःख पोखे ।
सुस्ता भूमि हाल पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ मा पर्दछ । नारायणी नदी (गण्डकी) पारी भारतको विहार संग जोडिएको सुस्ताभूमि र जिल्लाको सुस्ता गाउँपालिका जोड्ने गरी सरकारले ४ वर्ष अगाडी झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको लापरवाहीले उक्त पुल निर्माण सुभारम्भ नै एक वर्ष ढिलो भएको स्थानीयले बताए ।
वर्षौदेखि जाखिम पूर्ण यात्रा गर्दे आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिलहवाँ जोड्न एसियाकै दोश्रो ठूलो झोलोङगे पुलको आयोजना दिएको थियो ।
वि.स २०७३ पुषमा शुरु भएको उक्त झोलुङगे पुलको निमार्ण कार्य अझै १० प्रतिशत पनि काम हुन सकेको छैन ।





