कामपा ७ मा डा. भट्टराईद्वारा ह्वील चियर वितरण



०१ चैत २०७५, काठमाडौं

नेपाल नारी चेतनशील संघद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले ह्वील चियर वितरण गर्दै साहित्यकारहरुलाई सम्मान समेत गरेका छन् ।

‘विकासको लागि स्वास्थ्य र शिक्षित महिलाको आवश्यकता’ भन्ने मूल नाराका साथ संघले आयोजना गरेको कार्यक्रममा डा. भट्टराईले विभिन्न ११ जिल्लाका  शारिरीक दुर्वलता भएका ११ जनालाई ह्वील चियर वितरण गरेका छन् ।

डा. भट्टराईले नेपाली साहित्यको कथा, उपन्यास र कविता लेखनमा विशिष्ट योगदान पुर्याए बापत भागीरथी श्रेष्ठ र कविता र साहित्यीक पत्रकारितमा लक्ष्मी उप्रतीलाई सम्मान गरेका थिए ।

नेपाल नारी चेतनशील संघकी अध्यक्ष प्रभा कुमारी ढुङ्गेलको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष डा. मालिका प्रसाँईले राखेकी थिईन भने कार्यक्रम संचालन संस्थाकी सचिव सामना थापाले गरेकी थिईन् । सम्मानित व्यक्तित्व बारेमा प्रदान गरिएको सम्मान पत्र कोषाध्यक्ष शान्ति गुरुङले वाचन गरेकी थिईन् ।

कार्यक्रममा इन्द्र कुमार श्रेष्ठ, अधिवक्ता राजेन्द्र शर्मा, समाजसेवी टीका पराजुली, शिवजी भट्टराई, काठमाडौ महानगर पालिका वडा नं ७ का वडा सदस्य कृष्णमणि भट्टराई, कृष्णप्रसाद घिमिरे, निर्मला पुडासैनी, नेपाल नारी चेतनशील संघका विभिन्न पदाधिकारीहरु लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्