पर्यटन दुत बाला घिमिरेद्वारा एनसीसी अमेरिकाको उपाध्यक्षमा उम्मेद्वारी घोषणा



०१ चैत २०७५, काठमाडौं

आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा पर्यटन दुत बाला घिमिरेले उपाध्यक्ष पदमा बाला घिमिरेले पनि उम्मेदवारी दिने भएका छन ।

अमेरिकाको सिकागोका लागि पर्यटनदूत घोषित घिमिरे शान्त, शालिन र नरम स्वभावका सामाजिक ब्यक्तित्व हुन् ।

प्रवासी नेपाली मञ्चका पुर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका घिमिरे  विगत लामो समयदेखि समाजसेवा र व्यवसायमा संलग्न छन् । अमेरिकाको सिकागो स्थित मेयर एडभाइजरका बोर्ड सदस्य भइ काम गरेका घिमिरेले नेपालका पूर्वप्रधानमन्त्री, बिशिष्ट कर्मचारी, सामाजिक व्यक्तिहरु सहभागी गराएर भर्खरै सिकागोमा नेशनल कन्भेन्सन सफलता पूर्वक सम्पन्न गरेका छन् ।

समाज सेवामा क्रियाशील घिमिरेले अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, प्रदेश मन्त्री, अमेरिकाका मेयर लगायत उच्च पदस्थ व्यक्तिहरुबाट विभिन्न सम्मान समेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्