राजधानी बहस सतहमा : इटहरीमा दबाब सुरु !



०१ चैत २०७५, इटहरी

प्रदेश १ को राजधानी चुन्न प्रदेश सभालाई झनै सकस पर्ने देखिएको छ । आफूलाई प्रादेशिक रनजधानिको दाबी गरिरहेको धनकुटामा दबाब मूलक आन्दोलन भइरहेकै समयमा इटहरीमा पनि साङ्केतिक आन्दोलन हुने भएको छ । इटहरी नगर सरकारका प्रमुख द्वारिकालाल चौधरीको संयोजकत्वमा रहेको राजधानी सरोकार समाज इटहरीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै दबाब मूलक कार्यक्रम गर्ने जानकारी दिएको हो ।

इटहरीमा प्रशस्त भौतिक पूर्वाधार, शान्ति सुरक्षा, चौतर्फी सडकको पहुँच तथा खाली जग्गाहरू भएको कारण राजधानी बनाउन उपयुक्त हुने समाजको दाबी छ । समाजले अन्तर्रा्ष्ट्रिय सीमा सुरक्षाका दृष्टिले समेत विराटनगर भन्दा इटहरी राजधानी हुनु पर्ने समाजको भनाई छ । इटहरीमा व्यवसायीक केन्द्र देखि सुरक्षाको दृष्टिकोणले पनि मजबुत भएको र सबै जिल्लालाई सहज पर्ने नेपाली कांग्रसका नगर सभापति हेम कर्ण पौडेलले बताए ।

प्रादेशिक राजधानी बनाउन इटहरी उपयुक्त हुने सरोकार समाजले बताई रहँदा यहाँ रहेका विभिन्न भौतिक पूर्वाधारहरू राजधानी हुँदा चाहिने सम्पूर्ण भवनको लागी निजिस्तरबाट व्यवस्था गर्न तयार रहेको नेकपाका नगर सभापति राम प्रसाद चौलागाईको भनाई छ ।

इटहरीलाई राजधानीको रूपमा धोषणा गर्न सम्बन्धित निकायले चासो नदिए विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गर्ने समाजले जनाएको छ । पहिलो चरणमा नमुना मत दान देखि लिएर सडक आन्दोलन समेत गर्ने कार्यक्रम समाजले गर्ने भएको छ । इटहरीलाई राजधानी घोषणा गर्न आनाकानी भएमा स्थानीय स्तरबाटै जनताले सडक आन्दोलनमा उत्रिन बाध्य हुने समाजका संयोजक इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले बताए । समाजले प्रदेशका सांसादहरुलाई इटहरीमा भेलागरि राजधानीको विषयमा अन्तरक्रिया लगायत विरोधको कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्