
१ चैत २०७५, काठमाडौँ
भनिन्छ रिस खा आफु, बुद्धि खा अरु । अर्थात् रिसले आफैलाई खान्छ भने अरुलाई खानका लागि बुद्धि चाहिन्छ ।
हामीलाई यो कुराको हेक्का हुँदैन की हाम्रो दैनिक जिवनका स–साना आनीबानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको देखाएको छ ।
क्ष्यधब क्तबतभ ग्लष्खभचकष्तथ मा गरिएको अनुसन्धान अनुसार बारम्बार रिसाउने मानिसमा रिस नउठ्ने मानिसको तुलनामा अकाल मृत्युको खतरा डेढ गुणा बढी हुन्छ ।
रिस गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन हुन्छ, जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन् ।
रिसाहा मानिसको सरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक–पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ ।
यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ ।
धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले सरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ्छ ।
बढि रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढि हुने अनुसन्धानले देखाएको छ ।





