युवापुस्ताका प्रेरणा तथा बहुप्रतिभाशाली एक पात्र ‘आदेश’! सबै क्षेत्रमा जुर्मुराउँदो पाईला लम्काउँदैै !(भिडियो सहित)



०१ चैत्र २०७५, काठमाडौं

यहाँ धेरै मान्छेहरु जन्मिएका छन् । जन्मिछन् । अनि, जन्मिनेछन् ।

जन्मिन्छन्, अनि केही समयावधिपछि कहिल्यै नफर्किने गरी जान्छन् पनि । यो त, प्रकृतिको नियम नै हो । प्रकृतिको लिलाभित्रको परिधी !

तर, जन्म अनि मृत्युबीचको त्यो समयलाई कसले कसरी सदुपयोग गर्छ ? त्यो चाहिँ जीवनको सबैभन्दा महत्वपूर्ण हुँदो रहेछ ।

कोही सोच्छन् दुई दिनको जीवन रमाईलो गरेर कटाउनुपर्छ । कोही भन्छन् दुईदिनको जीवनमा राम्रो काम गरेरै मरौंला । अनि कोही ठान्छन्, जीवन भन्नु नै यस्तै हो । जस्तो दिनहरु आउँछन् । त्यसैगरी नै काटिन्छन् ।

तर, राम्रो गरौं भन्ने विशेषता भएको व्यक्तिहरु कमै मात्रामा पाईन्छन्, नेपाली समाजमा ! तर, नेपाली समाजमा त्यस्ता व्यक्तिहरु हुँदै नभएका त कहाँ होर? विरलै मात्रामै भएपनि छन त छन् ।

अनि ति गुणहरुको समिश्रणका रुपमा निस्किएका एक पात्र हुन् ‘आदेश आचार्य’ !

 

युवापुस्ताहरुमाझका बहुप्रतिभाशाली व्यक्तिहरुको एक दस्तावेज हुन् ‘आदेश आचार्य’!

कोहीसँग एक खालका कला तथा प्रतिभाहरु हुन्छन् त, कोहीसँग छुट्टै खालको कला अनि प्रतिभा ! तर, नेपाली समाजमा त्यस्ता तीक्ष्ण व्यक्तिहरुको पनि जन्म भएको छ ।

जसले नेपालीहरुलाई आफ्नो छाति चौडा पारेर बाँच्नमा सघाएका छन् । नेपालीहरुको मनलाई नै फुरुङ्ग पारेर । अनि निर्धक्कसाथ बाँच्नमा सहयोग गरेका छन् ।

यस्तै नेपाली युवाहरुको एक प्रेरणादायी व्यक्ति हुन् । ‘आदेश आचार्य

नेपाली समाजमा जन्मिएका एक तीक्ष्ण व्यक्तिहरुमध्येका एक बहुप्रतिभाशाली छोरा हुन् ‘आदेश आचार्य

संगितदेखि लेखनसम्म, अनि कलाकारदेखि साहित्यकारको संज्ञासम्म बटुल्न भ्याएका ‘आदेश आचार्य’ अबको नेपाली युवाहरुको लागि एक पथप्रदर्शन हुन् ।

साँच्चै यि सबै कुराहरु ‘आदेश’मा हुनुको तात्पर्य त्यहिँ हो । नेपालीहरु पनि कम छैनन् । गर्न सक्छन् सबै कुराहरु !

नेपाली समाजमा यस्ता खालका व्यक्तिहरुको जन्म हुनु साँच्चै नै नेपालजस्तो विकासोन्मुख देशको लागि राम्रो पाटो हुन पुग्छ ।

आदेश आचार्य’ साँच्चै एक बहुप्रतिभाशाली व्यक्ति हुन् ।

जो व्यक्तिसँग छ । एक व्यक्तिमा हुनुपर्ने गुणभन्दा बढी गुणहरु समावेश भएको पाईन्छ !

सबै बाजाहरुलाई सुरमा ढाल्न सक्नु, लयमा नाँच्नु सक्नु, भाषा अनि साहित्यमा हराएर लेख्न सक्नु, यि सबै बहुप्रतिभाशाली छोरा ‘आदेश आचार्य’का बैयक्तिक खुबीहरु हुन् ।

‘आदेश’ले योे उमेरमा यो पपुलारिटी क्याच गर्न सक्नुको पछाडीको राज नै बैयक्तिक खुबीहरु हुन् ।

एउटा यस्तो प्रोजेक्ट !

जहाँ पाईन्छ । सबै खालको प्रतिभाहरुको मेल अनि सार !

एउटा साईटमा आधारित प्रोजेक्ट ‘फ्रएनआर्ट्स’ !

जसले नेपाली साहित्यका लिजेन्डहरुको कलालाई जस्ताको त्यस्तै पुस्ता हस्तान्तरण गर्दछ भने, नयाँ पुस्तालाई एउटा राम्रो प्लेटफर्म उपलब्ध गराउँछ ।

त्यत्तिमा मात्र सकिन्न ‘फ्रएनआर्ट्स’को कार्यपरिधी !

फ्रएनआर्ट्स’सँग सबै खालका प्रतिभाहरुलाई समेटेर लाने क्षमता छ ।

आदेश आचार्य’का कन्सेप्सनबाट जन्मिएको यो प्रोजेक्ट साँच्चै आजको युवाहरुको लागि एकदमै अपरिहार्य प्रोजेक्ट हो ।

जसले नेपाली समाजका नयाँपुस्ताहरुलाई एकिकृत रुपमा अगाडी बढाउँदै नेपाली युवाहरुमा व्याप्त धुम्रपान तथा मध्यपानहरुको नसाबाट पनि टाढा लान सहयोग गर्दछ ।

परिवर्तन टिभीसँगको कुराकानीको क्रममा ‘आदेश’ भन्छन् “आजको युवाहरुको सपना पनि यहाँ समेटिएका छ । विशेषगरी नयाँ पुस्ताका कला अनि प्रतिभालाई म राम्रोसँग बुझेर आएको छु ।”

विशेषगरी नेपाली समाजमा जन्मिएका युवा पिँढीहरुको प्रेरणादायी एक व्यक्ति ‘आदेश आचार्य’ युवा यूवतीहरुको प्रेरणाका श्रोत हुन् ।

मुल रुपमा साहित्यमा झुकाव राख्ने ‘आदेश आचार्य’ले हालसम्म दुईओटा कविता संग्रहहरुलाई पनि पाठकसामु लोकार्पण गरिसकेका छन् ।

अस्त्र’ अनि ‘प्यारायोना’ कविता संग्रह पाठकहरुको हातमा थमाएका उनी भन्छन् ।

“मलाई जुन क्षेत्रमा पनि अलिक यूनिक मन पर्छ । सबै यूनिकहरु राम्रा हुन्छन्, भन्ने त होईन । तर, पनि त्यसको दस्तावेजीकरण गरियो भने, त्यहिँ नै राम्रो ।”

पछिल्लो समय नेपाली समाजमा उत्पादित जनशक्तिहरु बढि मात्रामा विदेशीने गर्दछन् ।

उनी यस्तै जनशक्तिहरुलाई कलाको माध्यमबाट एकिकृत तथा संगठित गर्न चाहन्छन् ।

फ्रएनआर्ट्स’ का संचालक तथा कलाकार ‘आदेश आचार्य’ साँच्चै तारिफका एक भागीदार हुन् ।

उनको सो ‘फ्रएनआर्ट्स’ मार्फत धेरै भन्दा धेरै युवाहरुलाई संगठित गर्न खोज्छन् ।

आदेश आचार्य’ भन्छन् “मैले ‘फ्रएनआर्ट्स’मार्फत धेरै भन्दा धेरै युवा साथीहरुलाई संगठित गरेर अगाडी बढ्न चाहन्छु । जसले गर्दा हामी सबैलाई भविष्यमा केही अगाडी बढ्नका लागि सजिलो हुनेछ ।”

गाउनमा रुची भएकाहरुलाई गाउन, नाँच्न चाहनेहरुलाई नचाउँन, साहित्यिक रचनाहरु बाचनमा रुची भएकाहरुलाई बाचन गराउँन, साहित्यिक अक्षरहरु कोर्नेलाई लेखनको माध्यमबाट अगाडी बढाउँन तथा यि अनि यस्तै खालका कलाहरुलाई प्राथमिकताका साथ अगाडी लैजानमा उनी विशेष जोड दिन्छन् ।

“!‘फ्रएनआर्ट्स’लाई अलिक राम्रोसँग प्रोमोट गर्न सकें भने, केही सफलताहरुलाई फलो गर्न सक्छु । तर यो मेरो लागि मात्रै होईन, सबै नेपालीहरुको हितमा हुने छ ।”
उनी जोडछन् ।

अन्त्यमा !

आदेश आचार्य’ नेपाली आमाका काखमा जन्म लिएका एक सच्चा युवा हुन् ।

उमेरले २६ वर्ष पुगेका उनी, एक दुरदर्शी व्यक्ति हुन् ।

उनीसरहका युवा–यूवतीहरु छुट्टै वातावरणमा रहँदा उनले यो सोच्नु नै पनि ठुलो कुरा हो ।

अनि !

आदेश आचार्य’का अबको योजनाहरु सफल बनोस् !

शुभकामना !!!

भिडियो हेर्नुहोस् !

प्रतिक्रिया दिनुहोस्