‘कविता’ चौमासिकको बैठक सम्पन्न



१ चैत २०७५, काठमाडौं

२०७५ फाल्गुन ३० गतेका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रतिष्ठानको कविताप्रधान चौमासिक पत्रिका ‘कविता’को सम्पादक समूहको बैठक सम्पन्न भएको छ ।

प्राज्ञ परिषद् सदस्य एवम् पत्रिकाका प्रधान सम्पादक प्राज्ञ डा. हेमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकमा विशेष आमन्त्रित अतिथिका रूपमा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, सम्पादक मण्डलका सदस्यहरू प्राज्ञसभा सदस्य शशी लुमुम्बू, प्राज्ञसभा सदस्य नन्दु उप्रेती, सविता गौतम दाहाल र कार्यकारी सम्पादक रमेश शुभेच्छुको उपस्थिति रहेको थियो ।

बैठकले पत्रिकालाई काव्यविधाका कविता, गीत, गजल, मुक्तक, हाइकु जस्ता सबै रचना समेटी गुणस्तरीय र नियमित बनाउने निर्णय गरेको छ । पत्रिकामा राष्ट्रभित्र र बाहिरका अनुवाद कवितासमेत समाविष्ट गर्ने गरिन्छ । यसका साथै पछिल्लो चरणमा ‘काव्यवार्ता’ र ‘आत्मकथ्य’ नामक स्थायी थप गरिएको छ ।

काव्य विभागबाट प्रकाशन गरिने ‘कविता’ चौमासिक हालसम्म १०९ अङ्कसम्म प्रकाशित भइसकेको छ । ‘कविता’को प्रकाशन सिद्धिचरण श्रेष्ठको प्रधान सम्पादकत्वमा आरम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्