वडा तहसम्म पार्टी एकीकरण गर्न नेकपा सचिवालय सदस्य पोखेरलको निर्देशन



०१ चैत २०७५, काठमाडौं

नेपाल सरकारका उपप्रधान/रक्षामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सचिवालय सदस्य ईश्वर पोखरेलले धेरै जिल्लाहरुमा वडा तहसम्म पार्टी एकता भईसकेको बताउँदै काठमाडौं नेतृत्वलाई पनि त्यही रुपमा अगाडि बढन निर्देशन दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी काठमाडौं जिल्ला कार्यालय उद्घाटन गर्दै पाखेरेलले भने, ‘पार्टीका कमिटिहरुलाई समन्वय, संयोजन र नेतृत्व गर्ने काम यही कार्यालयबाट हुने बताउँदै सिके राउतसँग गरिएको सम्झौता मूलधारमा आउन चाहेकोले सरकारले सकारात्मक पहल गरेको हो । छुट्टै राज्यको मागको विषयमा मन्त्री पाखरेलले भने, ‘शरिरमा एक थोपा रगत रहुन्जेलसम्म त्यो हुन दिदैनौं, यदि सम्झौता कार्यान्वयन नभएमा सरकारले अरु विकल्प प्रयोग गर्नेछ ।’

विप्लव नेतृत्वको माओवादीले वर्तमान कानुनले निषेध गरेका कामहरु व्यक्ति धम्क्याउने, मान्छे मार्ने, राष्ट्रिय परियोजनाहरु बम हानेर ध्वस्त बनाउने गरेको कारणले बाध्य भएर सरकारले प्रतिवन्ध लगाएको बताए ।

उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी प्रदेश ३ का अध्यक्ष नारायण दाहालले भने, ‘अनेक जटिलता पार गर्दै दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण सत्ता प्राप्तीको लागि नभएर जनताको हित र सुखी नेपाली बनाउने उद्देश्यले भएको बताउँदै एकीकृत पार्टी कार्यालयले तल्लो तहसम्म एकीकरणलाई सघाउ पुर्याउनेछ ।’

समारोहमा प्रदेश ३ का सचिव आनन्द प्रसाद पोखरेलले प्रदेशका अन्य जिल्लाहरु सिन्धुली, नुवाकोट, रसुवा र दोलखामा वडा तहसम्म पार्टी एकीकरण सकिसकेकोले आजबाट काठमाडौं जिल्ला कमिटि समेत त्यही रुपमा अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।

नेकपा काठमाडौंका अध्यक्ष कृष्ण राईले समारोहमा दुई ठूला पार्टीको एकीकरणले धेरै कार्यकर्ताहरुको व्यवस्थापन गर्नुपर्ने हुँदा सांगठनिक कामको संक्रमणकाल भएको स्वीकार गर्दै नयाँपन दिन सजिलो होस् भन्ने हेतुले पार्टीको काठमाडौं जिल्ला कार्यालय उद्घाटन भएको बताउँदै देशको राजधानी समेत भएको जिल्लामा पार्टीको आफ्नै स्वामित्वको भवन बनाउने तर्फ अवको नेतृत्व अगाडि बढने बताए ।

जिल्ला पार्टीका अर्का अध्यक्ष हिमाल शर्माले संचालन गरेको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु, जननिर्वाचित सांसद तथा स्थानीय सरकारका प्रतिनिधिहरु र पार्टी सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

          

प्रतिक्रिया दिनुहोस्