बंगलादेशद्वारा भुटान २–० ले पराजित !



३० फाल्गुन २०७५, काठमाडौं

साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा बंगलादेशले भुटानलाई २–० ले पराजित गरेको छ ।

शहीद रंगशालामा बिहीबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बंगलादेश दवावमा देखिएको थियो ।

तर दोस्रो हाफको ४७ औं मिनेटमा मिश्रत जाहान मोसुमीले अग्रता दिलाइन् । खेल सकिन ५ मिनेट‌ बाँकी रहँदा कप्तान सविना खातुनले एकल प्रयासमा सुन्दर गोल गर्दै बंगलादेशको जित सुनिश्चित पारिन् ।

यस जितसँगै बंगलादेशले पनि जितको खाता खोलेको छ । नेपाल र बंगलादेश दुवैको समान ३–३ अंक भएपनि नेपाल गोलअन्तरमा अगाडी छ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो ।

दुवै नेपाल र बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । शनिबार हुने खेलले समूह ‘ए को विजेताको छिनोफानो गर्नेछ ।

यो पनि पढ्नुहोस् !

साफ महिला च्याम्पियनसिप : खेलको पहिलो हाफमा गोलरहित बराबरी !

 

पाँचौं साफ महिला च्याम्पियनसिप बंगलादेश र भुटानबीच हुँदै

प्रतिक्रिया दिनुहोस्