
३० फागुन २०७५, काठमाडौं
प्रधानसेनापति पूर्णचन्द्र थापाले श्री सुदूर पश्चिम पृतना हे.क्वा.अन्तर्गतका बाहिनी, गण, गुल्म तथा शिक्षालयको निरीक्षण भ्रमण गरी आज काठमाडौं फिर्ता भएका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी, गण, गुल्म र शिक्षालयको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।





