
३० फाल्गुन २०७५, काठमाडौँ
९ वर्षकी बालिका जसको गर्धन बांगो छ ,र गर्धन बांगो भएकै कारण टाउको १८० डिगी्रमा तेर्सो पारेर बसेकी छिन् । देख्दैमा अत्यासलाग्दो ती बालिकाकोरुप देखेर कतिले उनलाई भुतप्रेत भन्छन् त कतिले मांशपेशीको रोग ।
पाकिस्तानको सिन्ध प्राप्तमा बस्ने ९ वर्षकी अफसिन कोम्बारको गर्धन कहिल्लै पनि सिधा हुँदैन । उनको गर्धन दायाँतर्फ १ सय ८० डिग्री घुमेको छ । उनी चाहेर पनि हिँडडुल गर्न सक्दिनन् । कसैको सहारा विना एक पाइला पनि अघि बढ्न सक्दिनन् खानेकुरा खाँदा पनि उनलाई मुस्किल हुन्छ ।
अफसिनकी आमा जेनलिनले उनका पूरै हेरचाहा गर्दै आएकी छिन । डाक्टरहरुलाई देखाउँदा शल्यक्रिया गर्नुपर्दछ भनेका छन् । तर उनीहरुसंग शल्यक्रिया गर्न सक्ने पैसा छैन । जेमलिन पति मजदूर हुन् ।
घरमा ६ बच्चाबच्ची छन् र आर्थिक स्थिति कमजोर छ । अफसिनकी आमाका अनुसार अफसिनको जन्म हुँदा उनको गर्धन ठीकठाक थियो । ८ महिनाकी हँुदा अफसिन उचाइबाट खसिन् ।
उनको गर्धनमा सानो चोट लाग्यो, सानो चोट भनेर खासै ध्यान दिएनन् । तर जब अफसिनको उमेर बढ्दै गयो तब उनलाई गर्धन सिधा पार्नमा समस्या देखिन थाल्यो । अहिले त उनको गर्धन पूरै १ सय ८० डिग्रीले बांगिएको छ ।





