आन्दोलनको समय सकियो अव सुशासन र विकासमा लागौं : प्रधानमन्त्री ओली



२९ फागुन २०७५, काठमाडौं

प्रधानमन्त्री केपी ओलीले नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा आन्दोलनको समय सकिएको भन्दै अव सुशासन र विकासमा ध्यान पुर्याउन नगरपालिका प्रमुख, उपप्रमुखलाई निर्देशन दिएका छन् ।

कर्णाली भन्दा महोत्तरीको शैक्षिक अवस्था कमजोर हुनुको पछाडी भाषणमा ठूला–ठूला कुरा गर्ने तर जनतालाई नहेर्ने कारणले भएको भन्दै स्वच्छता, पारदर्शीता र सुशासनको माध्यमले जनताको विश्वास जित्न जनप्रपतिनिधिलाई आग्रह गरेका छन् ।

नेपालबाट ४ दिन अघि पृथकतावादी माग र व्यवहार समाप्त भएको भन्दै विखण्डनको राजनीति त्यागेर राष्ट्रिय राजनीतिको मूलधारमा आएको सिके राउत समूहलाई धन्यवाद दिदैं विप्लव माओवादी तर्फ इंगित गर्दै, ‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस्, लुटेरा प्रवृत्ति देशको विकास हुँदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन’–भने ।

संघका केन्द्रिय अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको अध्यक्ष्तामा भएको कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले संघीय नेपालमा नगरपालिका संघका उपलब्धी र कार्यदिशा विषयमा आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा दातृ निकायका प्रतिनिधिहरु नेपाल गाउँपालिका महासंघका महासचिव वंशलाल तामाङ, जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दास लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

२६ स्थापना दिवको अवसरमा नेपाल नगरपालिका संघले राप्ती नगरपालिका प्रमुख प्रभा बरालको संयोजकत्वमा १५ सदस्यीय केन्द्रीय महिला विभाग समेत गठन गरेको छ ।

केन्द्रिय महिला विभागको नामावली :

संयोजक : प्रभा वराल
उप–संयोजक : विमला राई
सदस्यहरु :
पम्फा बस्याल
अन्चला चौधरी
शुक्रलक्ष्मी श्रेष्ठ
लिलाकुमारी मोक्तान
शवनम खातुन
मिरा जोशी
सिर्जना खड्का
सुशीला चन्द सिंह
सीता कुमारी काफ्ले लामिछाने
शान्ता शर्मा आचार्य
शिलादेवी मण्डल
सीतादेवी यादव
सल्मा खातुन

संघको केन्द्रिय महिला समितिमा छनौट भएका पदाधिकारी तथा सदस्यहरुलाई संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले प्रमाण पत्र वितरण गर्दै सपथ खुवाएका थिए भने कार्यक्रमको अन्त्यमा नेपाल नगरपालिका संघ २६ वर्ष प्रवेश गरेको अवसरमा अध्यक्ष श्रेष्ठले केक समेत  काटेका थिए ।

उक्त अवसरमा नेपालभरिका नगरपालिकाहरुले गरेका १०० उत्कृष्ट कामहरुको विवरण समेटिएको ‘नगरपालिकाका असल अभ्यास’ नामक स्मारिका समेत विमोचन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्