
कविता
२९ फाल्गुन २०७५, काठमाडौं
ए देशका सपूत छाेरा हाे देशकाे लागी केही गर्न सिक ।
अाफ्नाे लागी हैन यहाँ अरुकाे लागी पनि केही गर्न सिक !
राेईरहेकी अामाकाे अाँसुले सराप्ने छ तिमीहरुलाई जन्माउने अामाकाे दशधारा दुधले पनि धिक्कार्ने छ तिमीहरुलाई !
अाफुले काेट लगाएर कार चड्नुअघि हेर त ती बाबू समान भरियादाईकाे दुख ,
बुढेस्कालमा ढाढै पिल्सिनेगरी भारी बाेकेर खाेज्दै हिडेकाछन बाटै बाटाेमा सुख !
हे अरुलाई रुवाएर अाफुबाँच्न चाहने दाजुभाई हाे
तिम्री पत्निले ठूलाे महलमा बसेर अहङ्कारका स्वप्ना बुनिरहदा !
मेरी पत्नीलाईपनि छाप्राे सजाउने रहर हुन्छ !
तिम्रा सन्ततिले साेफामा बसेर चन्द्रमा छुने स्वप्ना सजाउदा,
मेरा सन्ततीले पेटभरी खाना खाएर
एकधर्काे कपडाले अाँङ ढाक्ने स्वप्ना सजाएकाे हुन्छ !
हे नेपाली दाजुभाई हाे ?
हे नेपालअामाका सन्तती हाे ?
सबै समान हुन सिक ,
तिम्री पत्नी हाँस्दा मेरी पत्नी रुनु !
तिम्रा सन्तान डाक्टर पाईलट हुँदा मेरा सन्तान भाेक्भाेकै हुनु !
तिमीलाई जन्माउने अामाले अरुकाे अाँसुले बनाएकाे सुनकाे नेक्लेस लगाउँदा,
मेरी अामा सन्तानकाे बियाेगमा राेहिरहेकी छन!
तिम्रा बाबुले सुट र सफारी सँङ्गै राेयल सुज लगाएर हिड्दा
मेरा बाबू फाटेकाे टाेपी लगाएर बाटाेकाे छेउमा टाेलाईरहेका छन !
हेर
स्वभिमानकाे खाेल अाेडेर अहङ्कारकाे कार चढ्दैमा
इज्जत बढ्दैन चिठ चाेरेर डिग्रिपास गर्दैमा
त्यसैले
सबैले सबैलाई सहयाेग गरौ सम्मान गरौ नेपालअामाकाे इज्जत बढाअौ
अनि
(अाफ्नी अामाकाे इज्जत बचाअौ )२
सबिता नेपाल
षडानन्द नगरपालिका- ५,भोजपुर
हाल, भक्तपुर





