जहाँ बन्दा किन्न गएकी महिला करोडपति बनेर फर्किइन् !



२९ फाल्गुन २०७५, काठमाडौँ

मानिसको भाग्य कुनबेला चम्किन्छ अनुमान गर्ने गाह्रो हुन्छ । भाग्य चम्काउन कुनै
साबुन चाहिँदैन, अमेरिकामा एकजना महिलाको भाग्य चाहीँ बन्दाले चम्काइदिएको छ ।

अमेरिकाको मेरिल्याण्डमा बस्ने वनिरस्सा नामकी एक महिला बन्दाका कारण करोडपति बनेकी छिन् ।

आफ्नो बुवाले पठाएर तरकारीका लागि बन्दा किन्न बजारमा गएकी उनलाई सायद भाग्यले डोराएछ, बाटोमा पर्ने लटरी दुकानमा छिरिन्, भाग्यचिठ्ठा काट्ने पसलमा भिड देखेर उनीपनी त्यहाँ छिरेकी थिईन् ।

त्यहाँ उनले एउटा चिठ्ठा काटिन् र त्यसपछि बन्दा पनि किनेर घर फर्किन् । जब घर आएर लटरी टिकट स्क्रयाच गरिन् तब उनी हेरेको हेर्यै भइन् । वास्तवमा उनी निकै नै भाग्यमानी सावित भईन् ।

उनको चिठ्ठामा २ लाख २५ हजार डलर परेको थियो । नसोचेको चिठ्ठा परेपछि उनको भुईमा खेट्टा रहेनन् ।
त्यो पैसा उनी आफ्नो बुढेशकालका लागि बचाएर राख्न चाहान्छिन् ।

प्रतिक्रिया दिनुहोस्