के लेखिन् नर्सले यस्तो ? बिरामी नै भए बेहोस



२९ फाल्गुन २०७५, काठमाडौँ

मानिसहरुको बोल्ने भाषा र समस्या पनि धेरै छन् । भाषाको कारणले जीवनमा तपाइँले पनि केहीँ समस्याहरु भोग्नुभएको होला । तपाईसँग बोल्ने मानिस तपाईले नबुझ्ने भाषा बोल्दछ तर तपाईले उसले बोलेको कुरा बुझ्नै पर्दछ भने तपाईको हालत के होला ?

चीनमा अंग्रजी भाषा बोल्न नजान्ने एकजना नर्सले अस्पतालमा एक विदेशी विरामीका लागि यस्तो मेसेज लेखेर छाडे कि त्यो देखेर विरामी झन्डै बेहोस हुनपुग्यो ।

समाचार अनुसार चीनमा अध्ययनरत एकजना विदेशी विद्यार्थी विरामी परेपछि एउटा अस्पतालमा भर्ना भई र उक्त विरामीको उपचार ड्युटीमा एकजना यस्ती नर्स थियो जसलाई अंग्रजी भाषा बोल्न आउँदैनथ्यो । तर विरामीलाई उसको रोग औषधि तथा आगामी उपचार लागायतका विषयमा जानकारी दिनैपर्दथ्यो ।

त्यस्तो जानकारी दिनका लागि ती नर्सले एउटा उपाय अपनाईन जुन निकै अनौठो छ ।
उनले आफ्नो कलाको प्रयोग गरी उक्त विरामीलाई चित्रको माध्यमद्वारा एक सन्देश लेखिन् ।

उक्त चित्रात्मक सन्देशलाई उनले सोसल मिडियामा पनि शेयर गरिन । उनको त्यो पोष्ट इन्टरनेटमा निकै भाईरल बनेको छ ।
नर्सको त्यो सन्देश हेर्दा उनले भन्न खोजेको कुरा प्रष्ट बुझिन्छ ।

भोलि बिहान ८ बजे विरामीको शल्यक्रिया गर्नुपर्नेछ । त्यसकारण आजको रात १० बजेपछि खाना नखानु र पानी नपिउनु भन्ने सन्देश त्यसमा लेखिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्