अष्ट्रेलियामा दुर्घटनामा निधन भएका निश्माकी पतिको यस्तो मन छुने स्टाटस



२८ फागुन २०७५, काठमाडौं

केहि दिन अघि अष्ट्रेलियामा एक नेपाली युवतीको सडक दुर्घटनामा घाईते भएकी निश्मा श्रेष्ठको निधन भएको छ । घाइते श्रेष्ठको अस्पतालमा उपचारको क्रममा मार्च ४ मा निधन भएको हो ।

नेपालमा काभ्रे घर भई हाल पदाईको सिलसिलामा अष्ट्रेलियाको ग्लेनरोयमा बस्दै आएकी हुन् । सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको र उनको टाउकोमा गम्भीर चोट लागेको थियो । सडक दुर्घटना भएपछि गाडी चालक आफैँले प्रहरीलाई खबर गरेका थिए ।

जसले गर्दा उनको परिवारमा ठूलो चोट पुगेको थियो । यस्तै क्रममा श्रेष्ठको पति अखिलले उनीहरुको प्रेमसम्बन्धलाई सम्लादै भावपूर्ण स्टाटस लेखेका छन् ।
अखिलका स्टाटस जस्ताको तस्तैः

AkHil GC is with Gyanu Gc and 11 others.

March 8 at 9:27 PM

बुवाको चिन्ता नलिनु बोई, बुवाको हेरचाह गर्ने हामी र्छौ यता, तिमी ढुक्क बस है । बोई तिमी बितेको बार्हौ दिनमा शिरे मामा पनी आए, भेट भाकी हौली क्यारे हैन ।
बोई, यहाँ त तेरो र मेरो मात्रै हुन्छ, लोभ र घमण्ड हुन्छ, उच्च र नीच हुन्छ , भेदभाव हुन्छ, त्यहाँ त हुँदैन होला है, जग्गा जमीनमा आफ्नै भाई भाईको मारामार हुन्छ, पानी बाराबार हुन्छ, यहाँसम्मकी जन्म दिने आमा बावु पनी छुट्याईन्छ, त्यहाँ त यस्तो हुँदैन होला नी है ।
बोई, सारै अत्यास लाग्या छ तिम्रो बाई, कहिँकतै जाँदा आँउदा, अकाश चिया खाईस, आइजा खान भन्थ्यौ, खुबै याद आउँछ्यौ बोई ।

बोई सुनन, हाम्रा मामाकाँ का हजुरबा पहल बहादुर बिष्टलाई त मैले राम्ररी चिन्न समेत पाईन, ति बुवालाई धेरै धेरै सम्झेको छ रे ज्ञानेको छोराले भन्देउ है, बिरौटा बुढी बोई, बिदुर मामाका बा, सबैलाइ सम्झेको छ रे अकाशले भन्देउ है ।
सानैमा वाध्यताले घर छोड्नुपर्यो बाल्यकालदेखी नै मामाघर हुर्कियो, बढियो, पढियो, मावली गाउँको नै बेशी माया लाग्ने रैछ बरै, घरतिरको नलाग्ने त हैन, तर अलिक चिन्ता र चासो ।
अनी बोई, हाम्री माईली फुपुका छोरा विधान पनी त्यतै छन् सोधपुछ गरेर भएपनी जस्सरी भेटेर आकाश दाईले धेरै सम्झेको छ रे भन्देउ है ।

मुख्य कुरा के भने ठुलीबोई,
सबैकुरा राम्रै चलिराथ्यो, सबै ठिकै थियो , तर आज म फेरी चोटमा परेको छु , फेरी टुटेको छु । खै बोई, यो दैव यतिसम्म निर्दयी बन्न सक्ने रैछ, हदैसम्मको चोट दियो बोई । यसो भनसुन गर्न मिल्छ भने भन्देउ न बोई हाम्रो नाती केटो हो अलिक छट गरिदिनुस भनेर ।
अव त दुखका दिन गए, आमाले एक्लोपनमा पनी दुखै दुख पाएर भएपनी मलाई सुख र खुशी साथ हुर्काईन, बढाईन, पढाईन, अव आमाका आँशु पुछ्ने दिन आए, आमाका आँखामा दुखका हैन खुसीका आँशु वर्षाउने दिन आए भन्ठानेँको थिए, तर गलत सवित भए बोई, सारै अभागी बनायो बोई मलाई दैवले, मिल्छ भने भन्देउन बोई दैवलाई, तिमी त त्यही दैव सँग छेउ नी है ।।।।।

नत राम्रोसँग बुहारी भन्न पाईन आमाले, न त खुलेर सासु भनेर सम्बोधन गर्न पाई निश्मा ले , जन्मदैँ अभागी थिएँ थिएँ, अव त भाग्य खुल्यो की भनेको झन सारो पिडामा पार्यो बोइ ।

आएकी थि, पढाईमा अब्बल थि, राम्रै चलिराको थियो पढाई, काममा अल्ली सारोगारो भयो भन्थी , अव त एप्लाई को काम पनी सकिएको थियो, १ २ महिनामा त आईहाल्छु, म आएपछी, हजुर खाना बनाउने । पढ्ने मात्र गर्नू , सबै काम ममात्रै गर्छु भनेर हौसला दिन्थेँ,
मेरै नामको कति सपनाहरु बुनेकी थिइ बोइ उस्ले, जहिले फोन मेसेन्जरमा कुरा हुँदा हजुर अष्टेलिया आएपछी यस्तो गर्ने उस्तो गर्ने भनेर बेलीबिस्तार लगाउँथी । कामबाट अबेर राती आउँथी, तरपनी फोनमा बोल्ेर बिहान सबेरै उठेर पढ्न जान्थीँ ।
काम मा जाँदा होस या कलेज, म गएँ है भनेर जान्थीँ, आँउदा म आएँ भन्थी, हरेक कुराको जानकारी गराउँथी र मेरो सबै सोध्ने गर्थी । औधी माया गर्थी बाई मलाई निश्माले ।
म आफुले आफैलाई निकै भाग्यमानी ठाँन्थेँ बोई उस्लाई जीवनमा पाएर , मिठो बोली, सबैसँग सरल सहज व्यवहार, दयालु मन, सहयोगी भावना, फरासिलो व्यवहार थियो उस्को । निक्कै माया गर्थी बोई मलाई, अझ भनौ मेरी आमा, बोई, मामा, माईजु, भाई बैनी सबैलाई । आँखामा राखेपनी नबिझाउने थि बोई साँच्चै ।
के भो के भो बोई, खुशी देख्नै सकेन दैवले मेरो, बाटो हिड्दा वर्दा बाटो छेउछाउ पर्ने मठ मन्दिरलाई एकै दिनमा सयौँ पटक ढोगेर मेरो र मेरो परिवारको रक्षाको भिख माग्ने गर्थे, सायद धेरै पो मागेछु की , माग्न मा गल्ती पो भएछ की, म र मेरो परिवार भन्नु भन्दा मेरो परिवार र म भनेको भए मलाई पो लैजान्थ्यो की, रिसाएछ की खोई, म बाट अलग्याएर लग्यो बोई मेरी निश्मालाई । कति धेरै माया गरेको थिएँ, कति आशा, अपेक्षाहरु थिए मैले पुरा गर्नै पाईन बोई उस्का ।
हजुर Australia आँउदा Airport मा फुलको गुच्छा लिएर आउँछु स्वागत गर्न भन्थी, तर आईने बोई, आईन उ । हस्पिटलको बेडमा अचेत अबस्थामा लडिरहेकी रैछ, कति रोएँ, हात समाएर बोलाएँ सरी मागेँ तर उठीन बोई, कहिल्यै नउठ्ने वाचा पो गरेकी रैछे की कुन्नी उठीन बोई, मलाई छिट्टै आउनु भन्थी बोई म आउन ढिला भो भनेर पो होकी रिसाको, अहँ,, उठ्दै उठिने बोई । तिमी भाकै ठाँउमा आकी छे रे, मिल्छ भने गाली गरेर पठाईदेउन बोई, पठाईदेउ न
एक्लै भएँ बोई सारै एक्लै भएँ,
लौ तनी बोई , गहभरी आँशु आएछ, यहाँभन्दा के लेखम र, अचानको पीर खुकुरी ले जान्दैन, दैवलाई के थाहा हाम्रो मर्म । जति नै भनेपनी त्यो निर्दयीको मन फर्किने रैनछ ।
ठीकै छ कतिसम्म लेख्या रैछ मेरो लेखान्त म पनी हेरुँला, कतिन्जेल सम्म अलग गराउने रैछ मबाट मेरी निश्मालाई हेरुँला,,,वैकुण्ठमा भएपनी भेट त कसो नहोला र,,, आउँछु बोई आउँछु, झट्टै आउँछु , अनी त्यसपछी, लोभ लालच, घमण्ड, तेरो र मेरो नगरीकन सबै जना मिलेर बसौँला है ।

बोई मेरी निश्माको राम्रोसँग हेरविचार गरिदेउ है, आभारी हुनेछु ।
त्यो वैकुण्ठको गेटमा बसेर आकाशलाई कुर अरे भन्देउ है बोई, म झट्टै आउने कोशिस गर्छु ।
आफ्नो पनी ख्याल राख्नु।

अलविदा

Image may contain: 1 person, smiling, standingImage may contain: 1 person, smiling, closeup
प्रतिक्रिया दिनुहोस्