
२८ फाल्गुन २०७५, काठमाडौँ
गुल्मीमा १ सय १ वर्षकी वृद्धाले नागरिकता पाएकी छिन् ।
जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा कालिगण्डकी गाँउपालिका ६ खड्गकोटकी १०१ वर्षीया पविकला थापाले नागरिकता पाएकी हुन् ।
प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयका अनुसार विकट ठाउँ र गरिबी र सदरमुकामसम्म ल्याइदिने कोही आफन्त नहुँदा वृद्धा नागरिकता विहीन बसेकी हुन् ।
नागरिकता नपाएको कारण बृद्धाभत्ताबाट समेत वच्चित भएपछि कालिगण्की प्रमुख बेद मगरले मानिसहरु घरमै पठाएर नागरिकता पाउने स्थानसम्म ल्याएर वृद्धालाई नागरिकता प्रदान गरिएको हो ।
सरकारी निकायको पहुँचबाट टाढा मानिने गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाटमा सञ्चालन गरिएको थियो ।
एकीकृत घुम्ती शिविसमा विभिन्न ७ वटा सार्वजनिक निकायको सहभागिता रहेको थियो ।
घुम्ती सेवामा ५ सय ३५ जनाले नागरिकता लिएको थियो, जसमध्य ३ सय १६ जना महिला र २ सय १९ जना पुरुषले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।





