
२७ फागुन २०७५, काठमाडौं
सामाजिक संजालमा व्यङ्गय गर्न होस् वा सुझाव दिन आफ्ना स्टाटसहरु लेख्न नहिच्किचाउने कलाकार तथा निर्माता दीपकराज गिरीले सिके राउत लक्षित एक कडा स्टाटस लेखेका छन् ।
उनले फेसबुकमा,‘ देशले अन्याय गरेका छ भने बोली हाल्नुपर्छ, देशै मेरो होइन भन्नेलाई चाँही गोली हान्नुपर्छ….!!’ भनी लेखेका छन् ।
स्वतन्त्र मधेस मागको आन्दोलन त्याग्ने भन्दै जेलमुक्त भई सरकारसँग ११ बुँदे सम्झौता गरेका चन्द्रकान्त राउतले सम्झौताको मसी सुक्न नपाउँदै त्यसको उलङ्घन गरेका छन् ।
जेल मुक्त भई जनकपुर गएका राउतलाई एयरपोर्टबाट स्वागत गर्ने क्रममा उनका समर्थकले फ्रि मधेश नामको झण्डा र ब्यानर सहित स्वागत गरेका थिए ।
कलाकार तथा निर्माता गिरीले १९ घण्टा अघि फेसबुकमा स्टाट्स लेख्दै राउत लाइ डाउट गरेर काम छैन अब..यॉहा ८०% नेताको बिगत बन्दूक़ वा विखन्डन नै थियो… भनेका थिए ।





