प्याब्सन केन्द्रीय महाधिवेशनमा आरबी कटुवालको दावी : मैले महासचिवमा जित्ने सम्भावना प्रवल छ (भिडियो सहित)



२७ फागुन २०७५, काठमाडौं

नीजि तथा अवासीय बिद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रिय महाधिवेशनमा महासचिवका प्रत्यासी आरबी कटवालले आफ्नो जित सुनिश्चित जस्तै भएको दावी गरेका छन् । परिवर्तन टिभीका समाचारदाता बिश्व अचार्यसँग परिवर्तन खबरले संचालन गरेको प्याब्सन महाधिबेशन विशेष कुराकानीमा कुरा गर्दै आरबी कटुवालले सो कुरा बताए । अहिलेको माहोलमा आफ्नो बलियो प्रतिद्वन्दी नभएको उनले दाबी गरे ।

प्याब्सन १४ औं महाधिवेशन केन्द्रीत विशेष कुराकानीको क्रममा महासचिवका प्रत्यासी आरबी कटुवालसँग गरिएको कुराकानीको भिडियो :

नीजि बिद्यालयहरुको छाता संगठन प्याब्सनको केन्द्रिय महाधिवेशन यहि २८ र २९ गते काठमाडौंमा हुँदैछ ।

महासचिव हुनका लागि तपाईसँग के गुणहरु छन् भन्ने प्रश्नको उत्तर दिदैं उनले आफुले केन्द्रिय कार्यसमितिको हरेक कामलाई चुस्तदुरुस्त रुपमा सम्पन्न गर्न सक्ने, छिटो सूचना प्रवाह गर्न सक्ने, नीजि विद्यालयहरुको कुनै पनि समस्या पर्दा समाधानका लागि तुरुन्तै पहल गर्न सक्ने बताए ।

सामाजिक सुरक्षा कोषबाट नीजि विद्यालयहरु प्रभावित भएको भन्दै त्यसका लागि कुन तवरबाट हल गर्ने भन्ने कुरा अहिलेको अवस्थामा छलफल हुनुपर्ने बताए । अमेरिकाको उदाहरण दिदैं यस्तो जटिल परिस्थितिमा सबै नीजि विद्यालयहरुले त्यसप्रकारको कार्यक्रममा सहभागी हुन नसक्ने बताए ।

प्याब्सनको महाधिवेशनमा राजनीतिक रंग देखा परेको भन्दै उनले विशुद्ध पेसागत र व्यावसायीकतासँग राजनीति घुसाउन नहुने बताए । त्यो राजनितीक रङ कसले देखाईरहेको छ भन्ने आशय बारे खुल्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्