इतिहासकै धनी व्यक्ति, सम्पत्ति कति थियो ?



२७ फागुन २०७५, काठमाडौँ

अहिले विश्वका सबैभन्दा धनी मानिस अमेजन कम्पनीका मालिक जेफ बेजोस हुन् । हालै फोर्ब्स म्यागेजिनले जारी गरेको सूची अनुसार उनको कूल सम्पत्ति १ खर्ब ३१ अर्ब रहेको छ ।

दुनियाका अन्य धनी मानिसहरुको नाम लिनुपर्दा बिल गेट्स, वारेन बफेट, कार्लोस स्लिम आदिको नाम आउँछ ।
अहिलेका सर्वाधिक धनी मानिस जेफ बेजोज भन्दा ३ गुणा धेरै सम्पत्ति भएका एक मानिस पनि यो धर्तीमा थिए । इतिहासकारहरुले ती व्यक्तिलाई मानव इतिहासमै सबैभन्दा धनी व्यक्ति मान्छन् ।

सन् १२८० देखि १३३७ सम्म माली देशको राजा रहेका मनसा मुसा प्रथम मानव इतिहासकै सबैभन्दा धनी मानिस हुन् । ती बादशाह सुन, चाँदी तथा हीराजस्ता धेरै बहुमूल्य खनिज पदार्थ तथा खानीहरुको मालिक थिए । उनको सम्पत्ति कति थियो, उनी आफैंलाई थाहा थिएन ।

वास्तवमा उनीसँग त्यसबेला रहेको धन सम्पत्तिको हिसाब आजको मूल्यमा गर्नु निकै कठीन हुन्छ । इतिहासकार तथा अर्थविदहरुले उनको त्यस बेलाको सम्पत्तिलाई अहिलेको मूल्यमा गणना गरेका छन् । जस अनुसार ती बादशाहको सम्पत्ति अहिलेको मूल्यमा कूल ४ खर्ब अमेरिकी डलरको रहेछ ।

जेफ बेजोसलाई विश्वमा १ खर्ब डलर भन्दा बढि सम्पत्ति हुने विश्वकै पहिलो र एकमात्र व्यक्ति मानिन्छ । तर वादशाह मुसाको सम्पत्ति बेजोसको भन्दा झण्डै ४ गुणा बढि रहेछ ।

प्रतिक्रिया दिनुहोस्