
२७ फागुन २०७५, काठमाडौँ
भूकम्पपछि बिस्थापित भएका जुगल गाँउपालिका १ सेलाङवासी एकीकृत बस्ती निर्माणमा जुटेका छन् ।
भूकम्पले बिस्थापित भएर सेलाङको काफ्लेडाँडामा बस्दै आएका १९ घरपरिवार पुनर्निर्माण प्राधिकरणले दुई लाख रकम उपलब्ध गराएपछि जग्गा खरिद गरेर घर निर्माणमा जुटेका हुन् ।
१९ घरपरिवारले ३८ लाख रुपियाँमा ४२ रोपनी जग्गा किनेर एकीकृत बस्ती निर्माणमा जुटेका छन् । पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको पहिलो किस्ताबापतको ५० हजारले सबै घरपरिवारले जग्गा सम्याउन खर्च गरेका थिए ।
सुरुमा सरकारी बनको जग्गा प्राप्त गर्ने प्रयास गरेपनि त्यो सम्भव नभएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत प्राप्त भएको रकम लिएर निजीस्तरबाटै जग्गा खरिद गरेको स्थानीय बस्ती निर्माण समितिका अध्यक्ष सोबा तामाङले जानकारी दिएका छन् ।
एकीकृत बस्ती निर्माण हुने भएपछि पुनर्निर्माण प्राधिकरणले पूर्वाधार निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउन पहल गर्ने यस क्षेत्रका सासंद पूर्वामन्त्री अग्नि सापटकोटाले बताए ।
साविकको बस्ती निर्माण हुने भएपछि पुनर्निर्माण प्राधिकरणले पूर्वाधार निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउन पहल गर्ने यस क्षेत्रका सासंद पूर्वामन्त्री अग्नि सापटकोटाले जनाईएको छ ।





