डडेल्धुराबाट लागुऔषध चरेससहित १ जना पक्राउ !



२७ फागुन २०७५, काठमाडौँ

लागुऔषध चरेससहित प्रहरीले १ जनालाई डडेल्धुराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षीय बहादुरसिंह खड्का रहेका छन् ।

तुफानडाँडास्थित आर.के.फास्ट फुड नास्ता पसलका सञ्चालकसमेत रहेका खड्काले प्याकेट बनाइ चरेस बिक्री गरेको भेटिएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए ।

प्रहरीले खड्काको पसलबाट ३ सय ३५ ग्राम चरेशसमेत बरामद गरेको छ । डडेल्धुरा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्