
२७ फागुन २०७५,काठमाडौँ
अमेरिका र उत्तर कोरियाबीच तेस्रो शिखर वार्ताको तयारी भईरहेको एक अमेरिकी अधिकारीले बताएका छन् । ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियासंग तेस्रो पटक वार्ताको तयारीबारे बताएका हुन् ।
एबीसी टेलीभिजनसँग कुरा गर्दै बोल्टनले भनेका छन्, उत्तर कोरियाको नेता किम जोङ उनिसँग तेस्रो शिखर वार्ताको लागि अमेरिका खुल्ला छ ।
तेस्रो वार्ताको वातावरण बनाउन अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै समय खर्चिरहेको बोल्टनको भनाई छ । किमसँग व्यक्तिगत सम्बन्ध विकासको प्रयास भइरहेको उनले जानकारी दिईएको छन् ।
उत्तर कोरियासँगको पहिलो ऐतिहासिक वार्ता सिंगापुरमा र दोस्रो वार्ता भियतनाममा भएको थियो । पहिलो वार्तामा भएको सहमति कार्यान्वयनको आधार तयार पार्ने भनिए पनि भियतनामको वार्ता निष्कर्षविहीन भएको थियो ।





