नीजि विद्यालयको समस्या समाधान गर्न मेरो नेतृत्व आवश्यक छ : टिकाराम पुरी



२६ फागुन २०७५, काठमाडौं

नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको १४ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी टिकाराम पुरिले आफ्नो जीत हुने दाबी गरेका छन ।

परिवर्तन अनलाईन टिभीले संचालन गरेको प्याब्सन अधिवेशन विशेष कार्यक्रममा उनले त्यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मैले प्याब्सन १४ औं महाधिवेशनमा मलाई मेचीदेखि महाकाली सम्मका थुप्रै साथीहरुले नयाँ उर्जा दिइरहनु भएको छ । उहाँहरुले मलाई तपाईं नै अहिलेको सशक्त उमेरद्वार हो भनीरहँदा र आजको माहोल हेरिरहँदा मैले अध्यक्षको चुनाव जित्ने सम्भावना रहेको मैले ठानेको छु ।’

अध्यक्षका प्रत्यासी टिकाराम पुरीसँग गरिएको विशेष कुराकानीको भिडियो :

अध्यक्षका प्रत्यासी पुरी भन्छन्, ‘मैले धेरै अगाडिदेखि उठाउँदै आएको मुद्दाहरु अहिले सम्म पनि ज्यूकात्यू नै छन् त्यसकारण मैले यो पटक अध्यक्ष जित्ने प्रबल सम्भावना देख्छु ।’

आफुले अर्बौको लगानीको सुरक्षा गर्न  र नीजि लगानीलाई तहस नहस हुनबाट  जोगाउन पनि आफुले १४ औं महाधिवेशनमा जित्नु आवश्यक भएको बताए ।

नीजि लगानीमा संचालित बिद्यालयसँग सम्बन्धित नीतिगत समस्या समधान गर्न, नीजि बिद्यालयबाट एसईई परीक्षामा पास भएका विद्यार्थीलाई सरकारी छात्रवृत्तिमा सहभागी गराउन, प्राविधिक शिक्षामा नीजिको सहभागीता गराउन, बिद्यालयका शिक्षक कर्मचारीको सेवा सुविधामा उत्पन्न भएको दुविधा अन्त्य गर्न र शिक्षा ऐनमा छुट्टै कुरा र श्रम ऐनमा छुट्टै व्यवस्थालाई समाधान गर्नका लागि आफ्नो जित अनिबार्य रहेको बताए ।

साना तथा मझौला स्कूलहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट प्रभावित भएको भन्दै त्यो कुरालाई आफुले समाधान गर्न सक्ने उनको दावी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्