अनौठो उपचार जहाँ बिरामी मर्नुअघि फेसबुक चेक गरिन्छ !



२६ फागुन २०७५,काठमाडौँ

अहिले दुनियाँमा दया, धर्म तथा मानवता हराएको छ भनिन्छ । तर सबै ठाउँमा कहाँ त्यस्तो छ र ?

दुनियाँमा केही मानिस यस्तो अवतार बनेर आउँछन् जसले मानवता जिउँदै भन्ने आभाष दिलाउँछ । डाक्टर लुइस प्रोफेट यसको एउटा उदाहरण हुन् । मानिसहरु सोच्छन कि मृत्यृ देख्दा डाक्टरहरु ढुंगा बनिसकेका हुन्छन् । तर सत्य यो हो कि अरु मानिसकै जीवन सम्हाल्नका लागि उनीहरु पत्थरजस्तै बन्नु पर्दछ ।

कसैलाई खुसीको कुरा सुनाउनु त सजिलो हुन्छ तर कसैलाई उसको प्रियजनको मृत्यृको खबर सुनाउन निकै गाह्रो पर्दछ । डाक्टरहरु दिनहुँजसो यही अप्ठेरो भोग्न बाध्य हुन्छन।

अमेरिकाको इण्डियाना राज्यको राजधानीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डाक्टर लुइस प्रोफेट अस्पतालमा मृत्यृ हुने कुनै बिरामीको मृत्यृको खबर उनका बुबा–आमालाई बताउनु अघि मृतकको फेसबुक वाल हेर्दछन् । मृतकको फेसबुक वाल हेर्नुको कारण के होला ? यसको पछाडि निकै मार्मिक अर्थ छ ।

मृतकको फेसबुक हेरेर उसका तस्वीरहरु देख्दा उसको जीवनलाई नजिकबाट बुझ्न सकिने उनको दाबी छ । साथै मृतकका आफन्त तथा परिवारका बारेमा पनि जान्न सकिने र उनीहरुको पीडामा सामेल हुन सकिने तर्क उनको छ ।

उनी मृतकको फेसबुक यसकारण पनि हेर्दछन् कि कुनै व्यक्ति डाक्टर हुनुको नाताले कसैको मृत्युको खबरलाई दैनिक कामको रुपमा नसम्झियोस् । अनि मृतकको परिवारको पीडा महसुस गरी पूरै सम्वेदनाका साथमा मृतकको परिवारलाई मृत्युको खबर भन्न सकोस् ।

उनी भन्छन् यसो गर्नुले उनलाई मानवको रुपमा टिकाइराखेको छ । उनले एकजना मृतक किशोरको मृत्युको खबर उसका बुवा–आमालाई सुनाउनु अगाडिको निकै भावुक सन्देश सोसल मिडियामा पनि पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्