अनुदानको २१ करोड रकम प्राधिकरणमै फिर्ता !



२६ फागुन २०७५, काठमाडौँ

भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दिएको अनुदान मध्ये २१ करोडभन्दा बढी रकम फिर्ता आएको छ ।

दोहोरो भूक्तानी देखि स्वेच्छाले फिर्ता गर्नेहरुबाट हालसम्म २१ करोड ४२ लाख रुपैयाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा फिर्ता आएको हो ।

पहिचान भएका लाभग्राहीका नाममा गएको रकम समेत फ्रिज भएर फिर्ता आएको छ । पुनर्निर्माण प्राधिकरणका परियोजना प्रमुख गणेशराज वस्तीका अनुसार पुनर्निर्माण कार्यक्रम सुरु भएको दोहोरो भुक्तानी लिनेहरुबाट २० करोड ८ लाख रुपैयाँ भएको छ । यस्तै स्वेच्छाले फिर्ता गर्नेहरुबाट ७१ लाख ५० हजार रकम प्राधिकरणमा फर्किएको छ भने, तोकिएको समयमा भुक्तानी लिन नआएपछि ६३ लाख रुपैयाँ फिर्ता आएको छ ।

सबैभन्दा बढी सिन्धुपाल्चोकबाट १४ करोड ४ लाख ५० रुपैयाँ अनुदानको रकम फिर्ता गरिएको छ ।

यस्तै दोलखाबाट २ करोड ६० लाख ५० हजार, नुवाकोटाबाट २ करोड ४ लाख, ललितपुरबाट १ करोड २६ लाख र गोरखाबाट ५९ लाख रुपैयाँ फिर्ता आएको परियोजना प्रमुख वस्तीले जानकारी दिएका छन् ।

प्राधिकरणले नक्कली भूकम्प पीडितबाट अनुदानको पैसा फिर्ता गराउन छानबिन थालेको थियो । त्यसक्रममा दोहोरो भुक्तानी लिएकादेखि स्वेच्छाले नै फिर्ता गर्नेहरुसम्मबाट करोडौं रकम फिर्ता गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्