जब : आयोजकले साइकल दौडमा पुरुषलाई पछि पार्ने महिलालाई रोकिएपछि



२६ फागुन २०७५, काठमाडौँ

बेल्जियममा आयोजित एक विशेष साइकल कुदाउने प्रतियोगितामा एकजना महिला प्रतिस्पर्धीलाई बीचमै रोकियो केहीबेर । महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता रहेको भए पनि ती महिला प्रतिस्पर्धीले पुरुष प्रतिस्पर्धीलाई समेत उछिन्ने छाँट देखेपछि आयोजकले उनलाई बीचमै रोकेका हुन् ।
गत शनिवार ओमलूप हेट न्युजब्लाड नामको संस्थाले सो साइकल रेसको आयोजना गरेको थियो ।

उक्त रेसमा भाग लिएकी निकोल हेनस्लमनलाई ३५ किलोमिटर दूरी पार गरिसकेको अवस्थामा संस्थाका रेश मार्सलले बाटोमै रोके, जतिबेला उनी तीव्र गतिमा साइकल कुदाउँदै पुरुष प्रतिस्पर्धीहरुलाई भेट्टाउनै आँटेकी थिइन् ।

उक्त प्रतियोगितामा महिलाभन्दा पुरुषको दौड १० मिनेट अगाडि नै सुरु गरिएको थियो । तर १० मिनेट पछाडि साइकल दौडाउन सुरु गरेकी हेनस्लमन यति तीव्र गतिमा हुइँकिइन् कि पुरुष टोलीलाई भेट्टाउन थालिन् । त्यतिबेलासम्म उनको महिला टोली निकै पछाडि थियो ।

कूल १ सय २३ किलोमिटर दूरीको साइकल दौड थियो । त्यो झण्डै एक चौथाइ दूरी पार गरिसक्दा पुरुष प्रतिस्पर्धीहरुलाई भेट्टाएपछि उनलाई रोकिएको थियो । पुरुषहरु अलिक अगाडि बढेपछि मात्र साइकल कुदाउन भनियो उनलाई । केहीबेर रोकिँदासम्म पुरुष प्रतिस्पर्धीहरु अगाडि बढिसकेको थिए भने निकै पछाडि रहेका महिला प्रतिस्पर्धी पनि नजिकै आइपुगेका थिए । तब मात्र उनलाई साइकल अगाडि बढाउन अनुमति दिइयो ।

उनलाई नरोकिएको भए उनी आफ्ना महिला प्रतिस्पर्धीलाई निकै पछि पार्दै दौड पूरा गर्थिन् होला तर बीचमा रोकिनुको असर निकोलले भोग्नुपर्यो । उनले बीचमा रोकिएर पुनः साइकल दौड सुरु गर्दा पहिलेको गति कायम गर्न सकिएनन् । जसका कारण उनी निकै पछि परिन् र उनी प्रतियोगितामा ७४ औँ स्थानमा पर्यो । पहिलो स्थान चन्ताल ब्ल्याक नामकी महिलाले प्राप्त गरिन्

प्रतिक्रिया दिनुहोस्