
२६ फागुन २०७५, काठमाडौँ
आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले सिन्धुपालचोक सदरमुकामा नजिकैबाट प्याराग्लाइडिङ खेल सञ्चालन भएको छ । साहसिक र रोमाञ्चकारी खेलको रुपमा परिचित प्याराग्लाइडिङ चौतारा साँगाचोकगढि नगरपालिका –९ लामाचौरबाट शुभारम्भ गरिएको थियो । स्थानीयको सक्रियतामा व्यवसायीक रुपमा नै प्याराग्लाइडिङ सुरुवात गरिएको हो ।
राजधानी नजिकै रहेको सिन्धुपाल्चोकको भोटेचौरमा यसअघिदेखि नै प्याराग्लाइडिङ सुरुवात गरिएको थियो । लामाचौरमा जिल्लाकै दास्रो स्थानबाट प्याराग्लाइडिङ सुरु गरिएको हो ।
कदमबास लामाचौरका स्थानियको सक्रियतामा लामाचौर प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघगठन गरेर प्याराग्लाइडिङको शनिबारदेखि औपचारिक रुपमा सुरु गरिएको संघका सचिव मिलन तामाङले जानकारी दिएका छन् ।
अब उद्घानसँगै सर्वसाधरण र अन्य पर्यटकहरुलाई लामाचौरमा ल्याएर प्याराग्लाइडिङ खेलमा सहभागी गराइने तामाङले बताए ।
स्थानीयबासीसँग प्याराग्लाइडिङ सञ्चालनका लागि २ हजारदेखि ९ हजार सम्म चन्दा संकलन गरिएको थियो । सबैको सहयोगमा यो कार्य सम्भव भयो र नियमित रुपमा खेल सञ्चालन हुने तामाङले जानकारी दिईएको छ ।
स्थानीयको पर्यटन विकासमा सक्रियता देखाएपछि स्थानीय सरकार चौतारा साँगाचोकगढी नगरपालिकाले पनि स्थानीयलाई यसका लागि सहयोग गर्ने मेयर अमान सिं तामाङले प्रतिबद्धता व्यक्त गरेका थिए ।
पाइलट रोशन बस्नेतले हिमाली दृष्य पहाडी भूभाग, नदीनालाले गर्दा पनि यहाँको प्याराग्लाइडिङ खेल झनै रोचक अनुभव गरेको बताए । ‘टेक अप’ राम्रो छ, ल्याण्डिङमा केही समस्या देखियो, ल्यान्डिङ गर्ने स्थानको रुखविरुवा काटेर पुर्वाधार निर्माण गर्न सके राम्रो सम्भावना हुने पाइलट बस्नेले बताए ।





